Breaking

संघीयताको पक्षमा बोल्न स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए । ‘संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं रु’ प्रचण्डले प्रश्न गरेका थिए ।

स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो समेत गरे । प्रचण्डले गणतन्त्र विरोधीहरुले नकारात्मक भास्य बनाएर सम्पूर्ण सविधान र परिवर्तनलाई निस्तेज गर्ने कसरत गरिरहेको भन्दै परिवर्तनका बाहकहरुले बोल्नुपर्ने बताए ।

आफू एक वर्षको समीक्षा पछि फरक ढंगले काम गर्ने भन्दै संघीयता बलियो बनाउन निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन ल्याउने समेत बताए ।