Breaking

देउवाको खेतला बन्दै प्रचण्ड, सरकारमा ठूलो भाग कांग्रेसको, के छ प्रचण्डको बाध्यता ?

गुट देखाएर माओवादी पेल्दै कांग्रेस



काठमाडौँ – कांग्रेसलाई माओवादीको खेताला भएको आक्षेप प्रपितपक्षी एमालेले लगाँउदै गर्दा अवस्था भने उल्टो देखिदै आएको छ । अर्थात ठुलो हिस्सा कांग्रेसको भएर पनि अपजसको भारी भने आफूले व्यहोरिरहेका प्रधानमन्त्री प्रचण्डल अहिले देउवाको ईशारा मान्न बाध्य छन । जसलाई पछिल्ला गतिविधिले अझ प्रष्ट पार्दा काम कांग्रेसको कारण वद्नाम प्रचण्ड भएकै हुन त ?

नक्कली भुटानी शरणार्थी देखि ललिता निवास जग्गा प्रकरणको फायल खोलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै वेला वाहीवाही कमाईरहेका थिए । उनले यो नै आफ्नो वर्तमान कार्यादेश भएको बताँउदा आम नागरिकले समेत प्रचण्ड यो पल्ट सुध्रिएकै रुपमा यसलाई हेरे । हुन पनि एमालेका नेता टोपबहादुर रायमाझि देखि कांग्रेसका वालकृष्ण खाण समेत कानुनी कठघरामा उभिए भने सम्भवत ईतिहासमै ठुलो संगठित अपराधको पर्दाफास भएको थियो । त्यसअघि पनि मिटरव्याज,सहकारी पिडितलगायका समस्यालाई समाधानतर्फ अघि बढाएका उनी नागरिक हितमा काम गर्न थालेको देखिन थालेको थियो । अर्थात कमजोर धरालतमा देशको वागडोर सम्हालेका उनले रिस्क लिएकै थिए ।


तर मन्जु खाँणसम्म तानिएको नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो आरजुसम्म आउने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा तर्सिए । आफू डगमगाए सत्ता ढल्ने अवस्थाको फाईदा उठाँउदै उनले यो प्रकरणको फाईललाई धेरै अघि आउन दिएनन् । बरु यो अभियान थाल्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि दवाव बढाउन थालेका उनले एकमात्र देखिने माओवादीको मन्त्रीलाई साईजमा ल्याईदिए । जसले माओवादी भित्रै पनि असन्तुष्टि बढ्दा यसमा संलग्न प्रहरी अधिकारीरुको सरुवा उनै श्रेष्ठलाई थाहा नपाई गर्न देउवाले प्रचण्डलाई बाध्य पारे ।

यतिमात्र नभएर चर्को वोल्ने इतर गुटका सांसद शुनिल शर्मालाई हिरासतको हावा खुवाएका उनले त्यहाँ पनि प्रचण्डलाई प्रयोग गरे । जसले कांग्रेसभित्रैबाट सत्ता गठबन्धन परिवर्तनको चर्चा सुरु हुदाँ प्रचण्ड देउवाको खेताला भएको अर्को उदाहरण यो बन्यो । जहाँ सरकारमा सवैभन्दा वढि हिस्सा कांग्रेस कै भएर पनि आलोचनाको शिकार भने प्रचण्ड र माओवादी हुनुपर्ने अवस्थाले समेत उनको यो अवस्थालाई चित्रित गरिरहेको छ । सत्ता जोगाउन लचक हुनुपर्ने प्रचण्डको यहि बाध्यतामा खेलेका कांग्रेसको ईतर गुटका नेताहरु समेत यहि रणनिति प्रयोग गरिरहेका छन ।

गठबन्धन नचाहिने वहस गर्ने तर त्यसैको प्रतिफलमा भाग खोज्ने उनीहरुको प्रवृत्तीले धेरै कुरा बताँउदा यहि बाध्यतालाई देखाएर कांग्रेसले फाईदा लुटिरहेको छ । भित्तामा पुगी सकेको उसले राष्ट्रपति हात पार्ने देखि प्रदेशसम्ममा वर्चस्व कायम गर्दा माओवादी एकथान प्रंधानमन्त्रीका लागि सवै गुमाईरहेको छ । तर मन्त्रीपरिषद विस्तारका नाममा भएको ढिलाई होस कि गठबन्धनको मर्म विपरितका कार्य गर्नेकाम नेता लाग्दा होस काग्रेसले भने गुटकै वहानामा आफूलाई प्रचण्डका अघि साखिलो पार्न भ्यायो ।

कोशीमा भएको गैरसंवैधानिक हर्कत समेत मुख्यमन्त्री खाने कांग्रेसकै ईच्छाले उत्पन्न हुदाँ एमालेको साथ पाउने विद्रोहको आधार समेत माओवादी कै कारण तयार भएको थियो । तर यो गुनको उल्टो परिणाम माओवादी प्रयोगको साधनमात्र बन्दा बाध्यताका नाममा देउवाले कहाँ पोखियो दुध आफ्नै भागमा भन्ने उखान चरितार्थ गरे । कांग्रेसको प्रदेश सांसदले प्रहरीको हत्या गर्ने भन्दै दिएको अभिव्यक्तिीमा चुप बस्ने होस कि अमरेश कुमार सिंह तह लगाउने विषयमा होस प्रचण्ड नै प्रयोग भएका छन । हुदाँ हुदाँ वालकृण जेलबाट वाहिर ल्याउन समेत कांग्रेस सफल हुदाँ त्यसको फाईदा वरु एमालेले लिएको विश्लेषण गरिएको छ । तर कांग्रेसका नेताहरु भने अहिले पनि प्रचण्डमाथि नै प्रहार गरिरहेका छन ।

हुन त प्रतिकुल अवस्थामा समेत देउवा चुप बसेकै कारण सत्ता जोगिएको छ । तर त्यो सत्ता जोगाईदिएको जस देउवा खाँदा त्यो उनको बाध्यता हो । जहाँ प्रचण्डका लागि भने सत्तामा टिक्ने भन्दा ठुलो फाईदा देखिएको छैन । यद्यपी सुन प्रकरणमा केहि आफ्ना नेता र ललिता निवास जग्गा प्रकरणमा केहि सहकर्मी बचाउने छिटफुटका फाईदा उनले उठान भ्याए । तर त्यसले समेत शुसासनका नाममा पाएको जनसमर्थन गुमाउने ठुलो घाटा प्रचण्डले व्यहोर्न थालिसकेका छन । जसले आम नागरिकलाई खासै असर नपारेपनि राजनीतिक ईमान र कुटिलताको खेलमा प्रचण्ड देउवा वा कांग्रेसको खेतालाई भएको दृश्य भने प्रष्ट भएको हो ।