Breaking

उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल दिने सरकारको निर्णय


काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आज दिउँसो सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो । बैठकले कृषि क्षेत्र र किसानहरुलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउनसमेत सम्बन्धित मन्त्रालय र सचिवहरुलाई समेत निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशन समेत दिनुभएको छ ।