Breaking

डा. गोविन्द केसी लखेटिए, भगवानको शरणमा अनसन, मन्त्रीदेखि स्थानीयसम्मको विरोध (भिडियोसहित)

अनसनमा एक्लिए डा. केसी


काठमाडौँ – विगत एक दशकदेखि एक्लै सरकार र सत्तासँग भिडिरहेका छन, वरिष्ठ चिकित्सक डाक्टर गोविन्द के.सी । व्यक्तिगत लाभका लागि नभई मुलुकको चिकित्सा शिक्षा सुधारको माग बोकेर पटक पटक आन्दोलन गर्दै आएका के.सीले पुन सत्याग्रह सुरु गरेका छन ।

विगतका आन्दोलनबाट सरकारलाई घुँडा टेकाउन सफल बनेका उनी अहिले आफै अप्ठ्यारोमा परेका छन । उनले यो पटकको आन्दोलनम अबरोध खेप्नु परेको छ ।

मुलुकको चिकित्सा शिक्षा सुधारका निम्ति अर्को आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका डाक्टर गोविन्द केसीले शुक्रवार गेटामा प्रवेश नै पाएन्न । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले के.सीको अनसनमा अवरोध मात्र गरेन्न अनसन बस्नेभनेपछि गेट टप्नै दिएनन् । अनसनमा अवरोध भएपछि केसी र अवरोधकर्ताहरुबीच चर्काचकी भएको यो भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट छ ।



सेवाको २७ वर्ष शिक्षण अस्पतालमा व्यतित गर्दा आँखामा राख्दा नविझाउने डाक्टरका रुपमा चिनिएका केसी शुक्रवार साँझ धनगढीमा बाँस नपाएर लखेटिनु प¥यो । २०६९ असारदेखि चरणवद्ध रुपमा सरकारसँग विभिन्न माग राखेर सांकेतिक रुपमा अनसनका माध्यमबाट भिड्दै आएका केसीसंग कुनै बेला समर्थनमा ठूलो भिड थियो । फलतः केसीको अनसनका सामु राज्य पनि घुँडा टेक्न बाध्यो हुन्थ्यो । तर अहिले ओरालो लागेको मृगलाई बाछाले पनि लखट्छ भने जस्तै कुनै बेलाका भगवान तुल्य मानिएका शक्तिशाली डाक्टर केसी अहिले एक्लो भएकाछन् । भिडले छोडेपनि एक्लिएका उनलाई पत्याउन छोडेरै होला लखेटिनु पर्ने अवस्था आयो ।

जुन आफैमा विडम्बनापूर्ण छ । अवकाशपछि पनि निरन्तर सेवामा समर्पित सादगी उपनाम पाएका डाक्टर के.सीले गेटामा प्रवेश नपाएपछि उनको अनसन अहिले भगवानको दैलोमा पुगेको छ । उनी नजिकैको लक्ष्मीनारायण मन्दिरमा अनशन बसिरहेका छन । चिकित्सा शिक्षा सुधारका निम्ति एक दशकदेखि एक्लै सत्याग्रह आन्दोलन गर्दै आएका केसीको यो २२ औं सत्याग्रह हो ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, कुना काप्चा र विपन्न वर्गका देखि लिएर सवै नेपाली हरुको गुणस्तरिय, निशुल्क÷सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँच हुनुपर्ने भन्दै उनले पटक–पटक आन्दोलन गर्दै आएका छन । सरकारले यसअघिका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिन अनसन बस्ने घोषणा गरेका थिए।

चिकित्सा शिक्षा ऐन, विद्यार्थी भर्ना र कलेज सम्बन्धनमा हुने गरेको अनियमितता रोकिएको, एमबीबीएसमा शुल्क जथाभावी असुल्ने परिपाटीमा आएको परिवर्तन डाक्टर के.सीकै आन्दोलनको उपलब्धि हो भन्दा फरक पर्दैन । तथापी डाक्टर के.सीको निरन्तरको सत्याग्रह र आन्दोलनको उपज दुर्गा प्रसाई जस्ता मेडिकल व्यवसायीहरु महाअभियानता भएको तितो अर्थात पनि साँचो हो । केसीले मेडिकल कलेज संचालन गर्न दिने विषयमा अड्को थाप्दा आफ्नो करौडौंको लगानी डुबेको दुर्गा प्रसाईँको भनाई छ। त्यही भएर मेडिकल क्षेत्रका एउटा तप्का केसीको खिलापमा छ ।

धेरै पटक आन्दोलन गर्दै आएका केसी र सरकारबीच सहमति नभएको होइन् । तर सरकारले एकछिनका लागि केसीलाई अनसन तोडाउन सहमति जनाउने तर कार्वान्यन नगर्दिने गर्दा केसी फेरि कुम्लो कुटुरो बोकेर सत्याग्रहमा छन् । तर यो पटक के.सीको अनसन के होला भन्ने आम चासो बढेको छ । कारण विभागीय मन्त्री नै के.सीलाई घुँडा टेकाउने पक्षमा छ्न् । के.सी मेडिकल गिरोहद्धारा सञ्चालित भएको भन्दै स्वास्थमन्त्रीनै उनिप्रति आक्रोश पोखिरहेकाछन् ।

डाक्टर केसी सरकारी कोटामा छात्रवृत्ति पाएर पढेका विद्यार्थी हुन् । त्यही भएर उनले देश र जनताका लागि केही गर्नुपर्ने बलियो अठोट लिएकाछन् । अविवाहीत केसीले आफ्नो तलब र अहिले निवृत्तिभरणबाट आउने रकम पनि विपन्न मानिसको उपचारमा खर्च गर्दै आएकाछन् । यतिका सादगी जिवन विताएर जनताको सेवामा पुरापुर जिवन निर्वाह गरेका व्यक्तिको उचित मागका विषयमा सरकार गंभिर हुनुपर्छ । सधै आन्दोन गरीरहन्छ भनेर, काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भन्ने रुपमा सरकारले हल्का रुपमा लिए त्यो दुर्भाग्य हुने छ ।