Breaking

चौतर्फी प्रहारको निशानामा एमाले, पहिचानवादी र राजावादीको पनि तारो (भिडियोसहित)

सबैसंग भिड्दै ओली


काठमाडौँ – अंकगणितिय हिसावले संसदको दोश्रो ठुलो दल भएपनि नेकपा एमाले अहिले सत्तामा छैन ।

प्रमुख प्रतिपक्ष भए र सत्ता समालिसकेको दल भएर केहि जिम्मेवारी रहेपनि त्यो सरकारको बराबरका हुदैन भन्ने पनि घाम झै छर्लङग छ । तर गज्जब अहिले भईरहेको चौतर्फी प्रहारको निशानामा भने एमाले छ । जसलाई राष्ट्रिय शक्तीलाई कमजोर बनाउने रणनितिका रूपमा उसले अर्थाउदा वास्तविक कारण के हो त ?
आफ्नो गढ क्षेत्र मानिने कोशी प्रदेशमै पहिचानवादीको निषेध भोगीरहेको एमाले अहिले मध्यपहाडि लोकमार्ग केन्द्रीत अभियान अन्तर्गत पूर्वमै छ । फलत : पहिचानवादीसंग मुठभेडकै अवस्था रहदाँ धनकुटामा अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास नै भयो । जसलाई एमालेले अफवाह भन्दा उसको अभियान कोशी प्रवेश गरेसंगै यसलाई लक्षित गर्दै पहिचान पक्षधरले अवरोधका कार्यक्रम गर्दै आएका छन ।

एमाले टोलीकोे उदयपुरमा पाइला पर्नासाथ सडकमा रुख ढालेर खोटाङमा उपद्रो मच्चाउदा पूर्व मन्त्री गोपाल किराँतीसहितपाँच जना मंसीर २६ गतेनै पक्राउ परेका छन । उग्रबन्दै गएका उनीहरुले यसअघि नै ओली,महेश बस्नेत,योगेश भट्टराई लगायतका नेतलाई पूर्वमा निषेधको घोषणा नै गरेका थिए । यता दुर्गा प्रसाई प्रसाईको प्रहार पनि एमाले माथि नै थियो भने त्यसको केन्द्रमा ओली र बस्नेत थिए । त्यहि कारण झापामा भएको कार्यक्रम विथोल्ने देखि ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेकोसम्म आरोप लगाउनेसम्मका काम प्रसाई गरे । यता राप्रपा र एमालेमा चुनावी तालमेल भएपनि राजवादीकै प्रहारमा एमाले छ । त्यस्तै सत्ता पक्षको प्रहार हुने कुरा स्वभाविक रहँदा विदेशी शक्तीको समेत निशानामा आफूहरु परेको स्वयम एमाले नेताहरुले बताँउदै आएका छन ।

जसलाई आफूमाथिको चौतर्फी आक्रमणका रुपमा बुझेका एमाले नेताहरु अहिले राष्ट्रिय शक्तीलाई कमजोर बनाउने षडयन्त्रको भाष्य निर्माणमा व्यस्त छन । नत्र सत्ताविहिन एमालेमाथि किन प्रहार हुन्छ भन्ने प्रतिप्रश्न गर्ने उनीहरु यस्ता शक्तीहरु सेना र एमाले जस्तो शक्तीलाई धुलिसात गर्न पाए देशमा रजगज पाउने आशामा रहेको दावी गर्छन । तर सत्ता गठबन्धन दल जसपाका प्रवक्ता मनिष सुमन भने यसलाई एमालेकै हर्कतको उपज मान्छन ।

सत्ता गठबन्धनको यो आरोपलाई वल भने एमालेकै कार्यले पुयाईरहेको छ । प्रसाईलाई कालो मोसो दलेर उत्तेजित बनाएको एमालेले एकव्यक्ति विरुद्ध सडकमा उत्रिएर गैर राजनीतिक कार्य गरेको थियो । जसलाई गणतन्त्रको सच्चा रक्षकका रुपमा उसले दावी गर्दा राजावादीका कार्यक्रममा समेत सवैभन्दा वढि प्रहार गर्नेमा ओली अघि छन । अर्कातर्फ दह्रोसंग एजेण्डा समात्न नसक्ने अनि चर्को स्वरले विरोध गरेको विषयबाट आफै पछि हट्ने अवस्थाले सत्ता गठबन्धनको आत्मविश्वास बढेको छ । जसले आफ्ना स्वार्थमा सत्तासंगै सति जान तयार रहेको आक्षेप एमालेमाथि लाग्दा विदेशी शक्तीलाई गाली गरेर सत्तारोहण गर्ने त ओलीको पुरानै रणनिति हो । मधेश होस या प्रदेश १ पुन नामाकरणको विषयमा होस पहिचानवादीसंग ईगोको लडाई एमालेलाई किन आवश्यक रह्यो प्रश्नको घेरामा छ । नयाँ राजनीतिक दलहरुप्रति समेत उत्तिकै प्रहार गर्ने एमाले नेताहरु अहिले त वालेन हर्क मिलेर नयाँ बनाउन लागेको चर्चामाथि नै आगो ओकल्न थालिसकेका छन ।

यसले सत्ता भन्दा हतार गर्ने एमालेका बानीका कारण उसैले आक्रमणको सामना गर्नु परेको कारण प्रष्ट छ । जसले अरुको अस्थित्व नस्वीकार्ने ओली प्रर्वत्ती एमालेकै लागि घातक बन्दै गएको समेतसंकेत गरेको छ । जसले आफै गाली गर्ने र सहानुभूति बटुल्ने एमालेको रणनिति नै त हैन भन्ने आशंका जन्माएको छ । यद्यपी त्यसो भए पनि राष्ट्रिय चासो र जनजीविकाका एजेण्डा तर्फ उन्मुख नेपाली राजनीतिक प्रवृत्तीले एमाले अझै पछि धकिलिने पक्का हुदाँ एमालेको अहिलेको अवस्था जसले गर्छ रहर उसैको जान्छ गोठको वहरको उखानसंग ठ्याक्कै मेल खान्छ ।