काठमाडौँ – इजरायल हमास युद्धले दैनिक जसो भयानक रूप लिदा सेनाबाट स्वमय आफ्नै देशका नागरिक मारिन थालेकाछन् ।
दैनिक जसो सयौंको संख्यामा दुबैपक्षबीच क्षति हुँदा मुठभेडमा आफ्नै नागरिक मारिएको खुलेकोछ ।
इजराईल –हमास युद्ध मत्थर हुनुको साटो झनै आक्रामक बनेको छ । आक्रमणबाट दुवै पक्ष पछि नहट्ने भन्दै शसक्त रुपममा रणभूमीमा छन् ।
गाजामा इजराइलले शुक्रबार आक्रमण गर्दा निसानामा आफ्नै पक्ष परेको छ । उसले गल्तीका कारण आफ्नो सैन्य कारबाहीमा तीनजना बन्धक मारिएको जनाएको छ । उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ ।तर इजरायली सेनाले गल्तीले गाजाका तीन बन्धकलाई धम्की दिदै मारेको भन्दै स्थानिय प्रदर्शनमाउत्रिएका छन् । प्रधानमन्त्री नेतान्याहुले मृत्युलाई “असहनीय त्रासदी“ रहेको भनेका छन्।
अहिले गाजाको उत्तरी, मध्य र दक्षिणी क्षेत्रमाआक्रमण भईरहेको छ । इजरायलले गाजामा गरिरहेको क्रुर र आततायी हमलामा पत्रकारका परिवारको समेत ज्यान गएको उल्लेख छ । शुक्रवारको हमलामा अल जजीरा टेलिभिजनका पत्रकारको समेत मृत्यु भएको छ,उनले इजरायली हमलाको बारे रिपोर्टिङ गरिरहेका बेला इजरायली सेनाले आक्रमण गरेको थियो ।
सेनाको आक्रमणमा परेरअल जजीराका क्यामेरामेन समर अबू दक्काको ज्यान गएको छ । तर इजरायली सेनाले पत्रकारको हत्याबारे अहिलेसम्म कुनै प्रतिक्रया दिएको छैन । घाइते पत्रकार दहदौकी श्रीमती,छोरा र छोरीका साथै नातिको समेत यसै अक्टोबरको हमलामा मृत्यु भएको थियो । अल जजीराले जानी जानी इजरायली सेनाले पत्रकार दहदौको परिवारलाई निशाना बनाएको आरोप लगाएको छ ।इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार मात्रै इजरायली आक्रमणमा परी कम्तीमा १७९ जनाको मृत्यु भएको र ३ सय बढी घाईते भएको जनाएकाछन् ।
विश्व शक्ति राष्ट्र अमेरिकाले इजरायललाई काँध थाप्दा मथ्थर हुनु पर्ने आक्रामण झन चर्किदै गएको छ । हमासलाई इरान, रुस, साउदी अरेविया लगायतका देशले समर्थन गरेकाछन् । दिनदिनै भयाबह बन्दै गएको नरसंघारलाई लिएर संयुक्तराष्ट संघले समेत चिन्ता व्यक्त गरेको छ ।
प्रतिक्रिया