Breaking

पोखरामा बेपत्ता युवक खोज्न सेतीको बाँध खोलियो


काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए । बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ