Breaking

स्टन्टका भोका रवि बेलायतमा फसे, जनता कतिन्जेल झुक्याउने (भिडियोसहित)

रवि देखेर लाजै लजायो


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देश बाहिर रहेको आफूप्रतिको माहौललाई मतमा परिणत गर्न यतिबेला विदेश दौडाहमा छन् ।

मलेसियाबाट यात्रा सुरू गरेका रवि आइतबार बेलायत पुग्दा त्यहास्थित सडक उद्घाटन गर्ने विषय भने विवादित बन्यो ।
राष्ट्रिय पार्टीका सभापति लामिछाने सडक उद्घाटन गर्न बेलायत गए भन्दा तपाईंलाई पत्यार लाग्यो ? सायद लाग्यो पनि होला । गृहमन्त्री भइसकेका, देशमा वैकल्पिक शक्तिको रुपमा हेरिएका उनको चर्चा राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमै छ । त्यही भएर बेलायतले बोलायो होला पनि । हाम्रा देशका मन्त्रीहरु काम नपाएर खुद्रा पसल उद्घाटन गर्न जाँदा रविले बेलायतको सडक उद्घाटन गर्नु त गर्वकै विषय हो ।

यी व्यक्ति कुनै मिडियाका सञ्चारकर्मी मात्रै होइनन् । यी त लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देल हुन् । उनका अनुसार डिसेम्बर १० अर्थात आइतबार स्विण्डन सहरको ग्रीनबिचस्थित अन्नपूर्ण प्राइभेट वे उद्घाटनको तयारी भएको थियो । त्यसको तयारीका लागि सिग्देल रवि आउनुपूर्व नै त्यहाँ चाजोपाजो मिलाउनका लागि पुगिसकेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमासमेत यो कार्यक्रमबारे पूर्वजानकारी नै गराईएको थियो । तर सभापति लामिछानेले स्टन्टको नाममा जनताको आँखामा फेरि छारो हालेका छन् । न त सडक उद्घाटन भयो, न त कसैले उद्घाटन गरिदिएका सडक नै आए ।

कुनैपनि देशमा सम्बन्धित व्यक्तिबाहेकले आयोजना उद्घाटन गर्दैनन् । नेपालमै पनि शीर्ष नेता वा जनप्रतिनिधिले मात्रै आयोजनाको उद्घाटन वा शिलान्यास गर्न पाउँछन् । तर रविले भने विदेशको सडक उद्घाटन गरे, भीड बटुल्न सकिने कल्पना गरे । तर पुरा भएन । उनी उद्घाटन गर्न नभई उद्घाटनको कार्यक्रममा उपस्थित हुन गएको मात्रै एकछिनका लागि सोच्ने हो भनेपनि उद्घाटन भएका तस्विर त कतै देखिँदैनन् । यसको स्पष्ट अर्थ हो । लामिछाने नै सडक उद्घाटनका लागि गएका थिए । तर तीव्र आलोचना पछि कार्यक्रम नै स्थगित गरे । उत्ताउलो गाई, बाघले खाइ भनेझैं रुझेको बिरालोजस्तै बनेका रवि लाज पनि लजाउँछ भनेझैं कहाँ हामी उद्घाटन गर्छौं हामी त हेर्न आएको हो भन्दै आफ्नै कार्यक्रमको मजाक उडाए । उनले यसमा चुकेको पनि स्वीकारीसकेका थिए । त्यही बेला उनको अगाडिपट्टी रहेका एकजना उद्घाटन होइन, हेर्न आएको हो भन्नुहोस् भन्दै सिकाइरहेका थिए ।


केन्द्रीय समितिमा सोविता गौतम र तोसिमा कार्की लगायतको असन्तुष्टी कम हुन नपाउँदै रवि अर्को विवादमा फसेका हुन् । हुन त सामाजिक सञ्जाल र पुराना नेताहरुप्रतिको वितृष्णाबाट उदाएका लामिछाने सामाजिक सञ्जालको उपयोग गरेर जनमत बटुल्न माहिर छन् । त्यसकै लागि गत साउन १७ गते उनले चितवनमा ब्लू बस र एम्बुलेन्स सेवा सरु गरेका थिए । त्यस बेला पनि बस सञ्चालनको कानुनी बाटो र श्रमजीविलाई उपेक्षा गरेर महिलालाई मात्रै निःशुल्क सेवा दिएको भन्दै आलोचना भएको थियो । लामिछाने पूराना नेताहरुको विकल्पमा उदाएका भएपनि उनको अपरिपक्वता आफ्नै लागि घातक हुने सक्ने विश्लेषकको टिप्पणी छ ।

सभापति लामिछानेसहितको टोली अहिले विदेश भ्रमणमा छ । मंसिर १६ गते मलेसिया पुगका लामिछाने कतार हुँदै बेलायत पुगेका हुन् । नेपालमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएका भए पनि पार्टीप्रति विदेशमा रहेका नेपालीहरुमा आफ्नो पक्षमा माहौल बनाउन उनी विदेश दौडाहमा होमिएका हुन् । सकेसम्म मध्यावधिकै लाइनमा खुलेको रास्वपा बाँकी ४ वर्षको कार्यभार भुलेर मिसन ८४ अभियान नै चलाइरहेको छ । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने गरी मस्यौदा तयार भएपछि उनको यो सक्रियता बढेको हुनसक्छ । तर भोट तान्ने बाहनामा फगत स्टन्ट र जनता झुक्याउने राजनीति कति दिगो बन्ला ?