Breaking

बारामा प्रहरीको गोली लागेका घाइते युवकको मृत्यु


कमठमाडौँ — बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४ र २५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।