Breaking

करिब एक वर्षपछि शेखर-गगन पक्षको ‘वृहत’ भेला हुँदै


काठमाडौँ – नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ ।

संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो बैठक आजका लागि सारिएको हो । समूहमा विवाद भएपछि महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारिएको हो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।

यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन । करिब एक वर्षपछि बस्न लागेको हो । गत वर्षको माघमा संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ ।