Breaking

पूर्वमा एमालेको गेटमा पहिचानवादीले आगो लगाए, मुख्यमन्त्रीमाथि आक्रमण


काठमाडौँ – पहिचानवादीको निशानामा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वमा प्रवेश गर्नै मूस्किल परेको छ । पार्टी अभियानको सिलसिलामा आज कोशी प्रदेश प्रवेशका गरेका ओलीमाथि पहिचानवादीलेअवरोध गरेका छन् । पहिचानवादीलाई पक्राउ गरिएपछि कोशी प्रदेशका मुख्यमन्त्रीमाथिसमेत आक्रामण भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पाइला कोशीमा पर्ने बित्तिकै मंगलबार पुरै पूर्व अशान्त बन्यो । ओलीको नामै लिएर चिहान खन्छौं भनेकापहिचानवादीहरु ओलीको अवरोधमा निस्किए ।ओलीलाई निशाना बनाएर गौडा–गौडा ढुकेर बसेका पहिचानवादीहरुले ठाउँमा रुख ढाले । सडक चक्काजाम गरे । एमालेदेखि रिसले चुर भएका पहिचानवादीहरु यतिमै रोकिएनन्, ओलीको स्वागतका लागि खोटाङमा बनाएको गेट नै जलाईदिए ।

यसको पूवार्नुमान एमाले अध्यक्ष ओलीलाई पहिल्यै थियो । किनकि चारदिनअघिमात्रै पहिचानवादीका नेता गोपाल किरातीले पूर्वमा ओली आए चिहान खनेर गाड्छौं भन्ने अस्वभाविक अभिव्यक्ति दिएका थिए । यो सुनौं ।

एमालेको अवरोधकै लागि पहिचान पक्षधरहरुले मध्यपहाडी लोकमार्ग ठप्प पारेका थिए । कोशी प्रदेश बन्दको आह्वान गरेका थिए । तर पूर्वघोषित तालिका अनुसार नै मंसिर १४ देखि सुरु भएको एमालेको ‘झुलाघाट–चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’ मंगलबार कोशीमा प्रवेश ग¥यो । उता एमाले विरोधी ब्यानर बोकेर बसेका पहिचानवादीहरुलेओलीको पहिलोपाइला घुर्मीमा पर्ने बित्तिकै आक्रमण सुरु गरिहाले । ठाउँ ठाउँमा बन्द र यातायात अवरुद्ध पारियो । तर प्रहरीले ओलीलाई चिहानमा हाल्छौं भन्ने गोपाल किरातीमाथि हतकडी लगायो ।
पूर्वसंस्कृति मन्त्री तथा माओवादी नेतासमेत रहेका किरातीसहित प्रहरीले जसपा र वाइसीएलका नेताहरुलाई समेत पक्राउ ग¥यो । जसको भुंग्रोमा फेरि कोशी प्रदेशका मुख्यमन्त्री परे । पहिचानवादीहरुलाई पक्राउ गरिएको भन्दै झापामा मुख्यमन्त्री केदार कार्कीको गाडी नै तोडफोड गरियो । कालोझण्डा देखाएर अवरोध गरेका उनीहरुलेढुंगामुडा गर्दै लखेटे । यता पूर्वमा कार्यक्रम नै गर्न नदिने अवस्था बनेपछि एमालेका नेताहरुले सार्वजनिक रुपमै आह्वान गर्दै अवरोध नगर्न अपिल गरे ।

पहिचान पक्षधरको निशानामा परेदेखिएमाले प्रत्येक पटक अहिले पूर्वमा लखेटिँदै आएको छ । एमालेका नेताहरु जहाँ पुग्छन् त्यही अवरोध सिर्जना हुन्छ । कारण, एमालेकै पालामा प्रदेश एकको नामकरण कोशी गरियो । जसबाट चित्त नबुझाएका पहिचानवादीहरुले पुनः नामांकनको माग गरिरहेका छन् । तर माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको आश्वासन पाउँदा एमाले अध्यक्ष ओलीले पहिचानविरोधी कित्तामा उभिएपछि उनीहरु एमालेसँगै भिड्न थालेका हुन् ।मंगलबार पनि ओलीले केही पहिचानवादीका विरुद्ध र केही सरकारको विरोधमा अभिव्यक्ति दिए ।

पहिचानवादीको विरोधका बाबजुद पनि ओलीले ओखलढुंगाको हर्कपुरमा आयोजित संकल्प यात्राको सभालाई सम्बोधन गरि भ्याए । तर यता एमालेसँग भिडिरहेका पहिचानवादीलाई रोक्न सरकारलाई हम्मेहम्मे परेको छ ।यद्यपि, कोशीमा झोसिएको पहिचानवादी आगोले ओलीलाई सुख दिने संकेत छैन । यसअघि पनि उनलाई इलाम हुँदै पाँचथर र ताप्लेजुङसहित गृहजिल्ला झापामै पनि लखेटिएको थियो । योगेश भट्टराई केहीदिनअघि ताप्लेजुङमै आक्रामणको सिकार बने । महेश बस्नेतहरुलाई झापामै तोडफोड गरि तह लगाए । अहिले एमालेका नेताहरुलाई पहिचानवादीले जिल्लामै निषेध गरेका छन् ।