Breaking

भारतविरुद्ध ३५ रन नजोड्दै नेपालले गुमायो सात विकेट


काठमाडौं – एसीसी यू-१९ एसिया कपमा भारतविरुद्ध नेपाली टिमले निकै कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल-२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिमले ३५ रन जोड्नुअघि नै सात विकेट गुमाएको छ ।
नेपालले १२.५ ओभरमा दीपक बोहरालाई सातौँ विकेटको रूपमा गुमाएको हो । त्यति बेला नेपालको ३२ रन जोडेको थियो ।

जारी खेलमा नेपालका कुनै पनि ब्याटरले हालसम्म दोहोरो अंकमा रन जोड्न सकेका छैनन् । ओपनरद्वय दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र अर्का दीपक बोहराले सात रन जोडे । उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।

१४ ओभरको खेल सकिँदा नेपालले सात विकेट गुमाएर ३५ रन जोडेको छ ।

नेपालले प्रतियोगिताको यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले र अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भएको थियो ।