काठमाडौँ – सेयर खरिद बिक्री सम्बन्धीका कागजात एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध नगराएपछि फेरि ताकेता गरेको छ ।
११ दिन अगाडि आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको बेलायतमा रहेको स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेको थियो । सेयर खरिद बिक्री गर्दा प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको भन्दै तत्काल कागजात उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको थियो ।
प्रतिक्रिया