Breaking

एमालेको समृद्धि संकल्प यात्रा आज कोशी प्रदेश पुग्दै


काठमाडौँ – नेकपा एमालेले दुईहप्ता अघि सुदूरपश्चिमबाट सुरु गरेको समृद्धि संकल्प यात्रा आज कोशी प्रदेश पुग्दै छ ।
बागमतीका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोशी प्रदेश पुग्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उदयपुरको घुर्मीमा आज सभा आयोजना गरिएको छ । ओखलढुंगाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरूसँग अन्तरक्रिया पनि आजै हुने छ । आजको बास खोटाङको दिक्तेलमा हुने गौतमले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासीसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुस १ गते समापन हुँदैछ ।