Breaking

इजरायल र हमास युद्ध : अर्धनग्न हमास लडाकुको वास्तविकता, फेरि विश्व तरंगित (भिडियोसहित)

अमेरिकाको हतियार इजरायलमा


काठमाडौँ – इजरायल र हमासबीच युद्ध सुरु भएको दुई महिना बितिसक्दा अवस्था झनझन आक्रान्त बनेको छ । पछिल्लो घटनाक्रमले युद्ध मथ्थर हुनुको सटट झन् उत्कर्षमा पुग्दै छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको अन्त्यको सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले हमास सक्न इजरायलले ठूलो योजना बनाएको बताएका छन् । इजरालयले युद्धमा मारिएका सैनिकको सूची सार्वजनिक गर्दै भूमिगत सुरुङ युद्धमा एक सय जनासहित ४३० सैनिक मारिएको जनाएको छ । युद्धबाट पछि नहट्ने बताएको इजरायलले गाजा क्षेत्रमा पहिलो पटक तोपसहित सैनिक प्रवेश गराएको बीबीसीले उल्लेख गरेको छ । इजरायली भूमिमाथि हमासले पटक पटक आक्रमण गरेपछि इजरायली सेनाको २८२ औं फायर ब्रिगेडका सैनिक सीमा पार गरेर गाजा पट्टीमा तोपसहित तैनाथ भएका हुन् ।

यसबीचमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य देशका प्रतिनिधिहरूले इजिप्ट र गाजा पट्टीको सीमा क्षेत्रको भ्रमण गर्ने भएका छन् । युद्धविराम रोक्ने प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेपछि इरानले विस्फोट गर्ने सम्मको चेतावनी दिएको भोलि पल्ट नै मानवीय युद्धविरामको लागि आह्वान गर्दै परिषद्ले प्रस्ताव अघि सारेको छ । प्यालेस्टाइनी राष्ट्रपति अब्बासले पनि गाजामा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले ‘भिटो’ लगाएपछि महिला र बालबालिकाको हताहतीमा अमेरिका जिम्मेवार रहेको बताएका छन् ।

यता बेलायतले भने युद्धविरामलाई समर्थन गर्नुपर्ने बताएको छ । बेलायतका एक पूर्व कूटनीतिज्ञले गाजामा सर्वसाधारणविरुद्धको सबै हिंसा बन्द गर्न आह्वान गर्नु पर्ने बताए । इजरायली हमलापछि सप्ताहन्तमा खान युनिसमा धुवाँको मुस्लो मात्रै देखिने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ । भीषण लडाइँ चलिरहेका बेला, इजरायलले उत्तरी गाजामा दर्जनौं हमास सदस्यहरूले आत्मसमर्पण गरेको बताएको छ । इजरायली सेनाले ६ हप्ता अघि भूमिगत आक्रमण सुरु गरेको थियो । तर हमासले भने उक्त दाबीलाई अस्वीकार गर्दै आएको छ । यसैबीच आत्मसमर्पण गरेका हमास लडाकुको अर्धनग्न तस्वीरलाई लिएर उत्पन्न विवादमा इजरायलले बचाउ गरेको छ ।

प्रधानमन्त्री नेतान्याहुले ती हमास लडाकुहरुले स्वस्फुर्त रुपमा आत्मसमर्पण गरेको र अर्धनग्न लडाकुहरुमाथि कुनै दबाब नदिएको बताएका थिए । इजरायल–हमासबीचको युद्ध जारी रहेको अवस्थामा युद्धविरामका लागि मध्यस्थता गर्दै आएको कतारले थप दबाब बढाउँदै लगेको छ । प्रमुख मध्यस्थकर्ता कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच नयाँ युद्धविरामको सम्भावना “संकुचित“ भएको बताए पनि दुवै पक्षलाई युद्धबिराममाथि दबाब जारी राख्ने बाचा गरेका छन् । गाजामा मानवीय युद्धविरामका लागि आवश्यक निर्णय लिन राष्ट्रसंघको महासभा बैठकसमेत बोलाइएको छ । आकस्मिक रुपमा बोलाईको राष्ट्रसंघको महासभा मंगलबार बस्दैछ । यता जोर्डनका विदेशमन्त्रीले इजरायलको नीति हमास लडाकु सिध्याउने नभई गाजाबाट प्यालेस्टाइनीलाई हटाउने रहेको बताएका छन् ।

कूटनीतिज्ञहरुको मञ्च दोहा फोरममा बोल्दै जोर्डनका विदेशमन्त्री एमन सफादीले इजरायले जित्न नसक्ने भन्दै उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भिटो पावर प्रयोग गरे पनि अमेरिकाले इजरायललाई सैन्य रणनीति बदल्न आग्रह गरिरहेको दाबी गरे । इजरायललाई सैन्य सहायता गरिरहेको अमेरिकाले संसदलाई नै बाइपास गर्दै विदेश निर्यात गर्ने हतियार ऐन संशोधन गरेर इजरायललाई पाँच सय मिलियन बराबरको हतियार सहयोग गरेको छ । यसको बचाउ गर्दै अमेरिकी विदेशमन्त्रीले इजरायललाई हतियार सहयोग गर्नै पर्ने अवस्था आएकाले ऐन संशोधन गरिएको जिकिर गरेका छन् ।

गत अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायल आक्रामक बन्दै गएको छ । इजरायलको आक्रमणका कारण हजारौँ सर्वसाधारण घरबारविहीन भएका छन् भने गाजा क्षेत्रका आधाभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका छन् । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आफ्नो प्रतिशोध अभियानमा करिब १८ हजार मानिस मारेको जनाएको छ ।