Breaking

रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको प्रधानमन्त्रीको भनाई


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजि कार्य भइरहेको बताउनु भयो ।

उहाँले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढीरहेको पनि बताउनु भयो ।