Breaking

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा


काठमाडौँ – संघीय संसद्को महासचिव डाक्टर भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ। ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए।

गौतमको राजीनामा पछि महासचिव पद्म प्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।

पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन्।