Breaking

अमेरिकाको भिटो, इरानले दियो बिस्फोटको धम्की, बहालवाला मन्त्रीकै छोरा मारिए

एकाएक भयानक बन्दै युद्ध


काठमाडौँ – इजराल– हमासको युद्ध रोक्न पटक–पकट युद्ध विरामको प्रयास भयो । यसको उदेश्य तत्काल विश्राम गरेर भएपनि बार्ता मार्फत युद्ध अन्त्य गर्नेनै थियो । तर विश्रामपछिको युद्धले झन ठूलो भयाबहको रुप लिदैछ । गाजाको उत्तरी क्षेत्रबाट सुरुभएको युद्ध दक्षिणी गाजा क्षेत्रतर्फ फैलिएको छ । यो युद्धलाई लिएर सुरुवात देखिनै अरबी र पश्चिमा राष्ट्रले समेत चासो देखाएका छन् ।

इजराईल –हमास युद्ध २ महिना वितिसक्दा पनि मथ्थर हुनुको सट्टा झनझन चर्किदै छ । युद्धमा इजरायल सरकारका क्याविनेट मन्त्रीको छोरानै रणभूमीमा मारीएपछि स्थित थप भयाबह बन्दैछ । हमासको आक्रमणमा बहालबाला मन्त्रीका छोरानै मारिएपछि बदलाको बादल मडारिएको छ । मन्त्रीले छोरा गुमाएपछि निर्मम भएर हमास माथि आक्रमणको योजना बुनेकाछन् । खुनको बदला खुन भन्ने शैलीमा, मन्त्री छोराको आत्मशान्तीका लागि पनि हमास माथि घातक हमलाको तयारीमाछन् ।

इजरायली सेनाका पूर्व प्रमुख गाडी आइसेनकोटका छोरा गाजामा भूमिगत अपरेसनका क्रममा विहीबार मारिएका थिए । आइसेनकोट हाल इजरायलको मन्त्रिपरिषद्मा मन्त्री छन् । यता, शनिबार अमेरिकाले गाजा क्षेत्रमा भिटोको प्रयोग गर्ने बताए पछि त्यहाको अबस्था त्रासदीपूणर् बनेकोे छ । अमेरिकाले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’को धम्की दिएको छ । यो विषयमा चीन र रुसले पनि आलोचना गरेकाछन् ।

एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजरायल र हमासबीच पुनः युद्ध सुरू भएको छ । यो बीचमा युद्ध विराम हुदा बन्धक बनाईएका दुबै देशका नागरिक साटासाट समेत भएको थियो । युद्ध विरामपछि युद्ध मथ्थर हुँदै जाने र अवस्था सामान्य हुने अड्कलकाबीच फेरि पूर्वबर्त अवस्थामै गोलाबारी सुरू भएपछि चिन्ता बढाएको छ । युद्ध विरामपछि इजरायल सुरुवाती अवस्थाबन्दा डरलाग्दो रूपमा आक्रमक छ । फलतः अहिलेसम्म गाजा क्षेत्रको ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएकाछन् ।

गत अक्टुबर ७ यता इजरायलको आक्रमणमा परी गाजामा १७ हजार १७७ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यस्तै प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी एक हजार १४७ जना मारिएका छन् । इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् । यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।

बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा ल्याइएको थिएन । संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । तर सुनुवाई नभएपछि गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै धारा प्रयोग गरेका हुन् ।