Breaking

तराई मधेशमा हुस्सु कुहिरो, काठमाडौंसहित पहाडी भागमा बदली


काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ ।

अहिले लागेको बादल र हुस्सुरकुहिरो विस्तारै हट्दै जाने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।
अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडानरअवतरण प्रभावित भएको छैन ।

मौसमविद पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । ‘अहिले काठमाडौं लगायतका देशका पहाडी भागमा आंशिक बदली छ । पूर्वी तराई, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुस्सु पनि लागिरहेको छ,’ मौसमविद पुडासैनीले भने, ‘आज वर्षाको सम्भावना भने छैन । अहिले कुनै पनि ठाउँमा वर्षा भएको जानकारी पनि छैन ।’