Breaking

पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल


काठमाडौं — एसीसी अन्डर नाइन्टिन एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गरिरहेको छ ।

दुबईको आइसीसी ओभलमा नेपालले टस हारेर ब्याटिङ गरेको हो । नेपालले पहिले विकेट गुमाएको छ । नेपालका तिलक भण्डारी एक चौकासहित ७ रन बनाएर आउट भए । अर्जुन कुमाल र आकाश त्रिपाठी व्याटिङ गरिरहेका छन् ।

प्रतियोगिता सुरक्षाको कारण पाकिस्तानबाट यूएईमा सारिएको हो ।

५० ओभरको एसिया कपमा नेपाल पाकिस्तानसँग दुई पटक पराजित भइसकेको छ । एसिया कपबाहेक अन्डर नाइन्टिनका सबै खेलमा नेपालले पाकिस्तानसँग चार पटक खेल्दा एक जितेको छ ।

नेपाल लगातार आठौं पटक एसिया कपमा सहभागी भएको हो। सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको नेपाली टोली तीन दिनअघि नै यूएई गएको थियो। समूह चरणको आफ्नो दोस्रो खेलमा मंसिर २४ गते नेपाल र अफगानिस्तान आमने सामने हुनेछन्।

नेपालले समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने तालिका छ।