Breaking

काठमाडौँमा आज बढ्यो चिसो, एकदिनमै तापक्रम ५ डिग्री घट्यो


काठमाडौँ – काठमाडौँ उपत्यकामा आज चिसो बढेको महसुस भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हिजोअस्तिको तुलनामा उपत्यकामा आज दिउँसो चिसो बढेको बताए।

उनका अनुसार आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्री छ। यो हिजोभन्दा ५ डिग्री कम हो। ‘हिजो यही समय २० डिग्री थियो भने अस्ति २२ डिग्री’, उनले भने, ‘आज चिसो बढेकै हो।’

उनका अनुसार यतिबेला काठमाडौँ उपत्यकामा हुस्सु लागेको छ। उनले भने, ‘भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको हो। यसको प्रभाव पूर्वतिर अझ बढी छ।’