समाचार

एनसेलको शेयर खरिद मूल्य छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण


काठमाडौं । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने स्पष्ट पारेको छ ।

आज अर्थ समितिको बैठकमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने बताउनुभयो । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उहाँको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालकै सक्रियतामा मन्त्रिपरिषदबाट यसबारे छानबिन गर्न समिति गठन हुने भएकाले उपयुक्त छानबिन हुने भनाइ छ ।