काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशन आगामी जेठमा हुने भएको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका जनाउनुभयो । माघमा १४ र १५ मा भने राष्ट्रिय सम्मेलन हुने पार्टिले जनाएको छ ।
तीन सदस्यीय कार्यदलमा उपाध्यक्ष देदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहनुभएको छ ।
प्रतिक्रिया