Breaking

फेरि फसे ओली ‘बा’, पढाइ बन्द गरेर ओलीको भक्तिगान, ओलीका क्रेजका कारण यस्तो भयो…(भिडियोसहित)

स्कुलमै ओलीको जयजयकार


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार अछाम पुग्दा नाराबाजीमा स्कुले बालबालिकाहरुको प्रयोग गरियो । विद्यालय शान्ति क्षेत्रको अवधारण विपरीत बालबालिकाको प्रयोग गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । उसो त ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा रहेको एमालेका प्रत्येका पाइलामा ठेस लागिरहेको छ ।

एमाले अध्यक्ष ओली बृद्ध, युवा र वालवालिकासँग सजिलै घुलमिल हुने नेतामा पनि पर्छन् । तर यो दृश्य भने फरक र गम्भीर छ । आइतबारको दिन । शनिवार विदा मनाएर विद्यालय फर्किएका विद्यार्थीहरुको पठान–पाठनको समय । कक्षाकोठामा हुनुपर्ने साना वालवालीकाहरु लस्करै सडकमा थिए । त्यसको एकमात्रै कारण थियो– ओलीको अछाम यात्रा । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको अभियानका क्रममा बैतडी, डडेल्धुरा र डोटीमा कार्यक्रम सक्काएर ओली आइतबार अछाम पुुगेका थिए ।
मध्यपहाडी लोकमार्गसँगै जोडिएको पञ्चदेवल विनायक नगरपालिका–३ स्थित विद्यामन्दिर नमूना माविका विद्यार्थीहरु स्कुले पोशाकमै ओलीको भक्तिगान गाउनमा व्यस्त देखिन्थे । अर्थात वालवालिकाको प्रयोग गरेर ओली बा को स्वागत गरियो । अधिकांश ६ कक्षाका विद्यार्थी रहेको भनिएको यस भिडियोले अहिले आलोचनात्मक चर्चा पाइरहेको छ ।

वालवालिका सम्बन्धि ऐन २०७५ ले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, धर्ना, चक्काजाम र जुलुसमा प्रयोग गर्नुलाई वाववालिका विरुद्धको कसूर भनेको छ । यस्तै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ ले पनि राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गरेको छ । तर एमालेले भने वालवालिकालाई पार्टीको बा ब्राण्डको एम्बेसेडर जस्तै बनाएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढा आफैँ पनि एमाले कार्यकर्ता भएकाले ती स्कुले बालबालिकाहरुलाई नारा जुलसमा प्रयोग गरिएको कतिपयले आशंका गरेका छन् । यद्यपी उनी भने यो बिषयलाई स्वीकार गर्दैनन् । विद्यालय शान्ति क्षेत्रको अवधारणाअनुसार पठनपाठनमा कुनैपनि अवरोध हुनु हुँदैन तर एमालेले भने शिक्षा र संस्कार दिनुपर्ने कलिला वालवालिकाको मस्तिष्कमा केपी बा हाईहाईको नारा नै घुसाईदियो । यसमा न त विद्यालयले नै विचार ग¥यो । न त एमालेका मै हुँ भन्ने बौद्धिक नेता, कार्यकर्ताले । व्यवस्थापन समितिका अध्यक्ष त आफँैमा एमाले कार्यकर्ता थिए । ओलीको भक्तिगान गर्नु उनका लागि त सामान्य कुरा भइहाल्यो ।

जनतासँग जोडिने भनिएको कार्यक्रममै ओलीलाई प्रत्यक पाइलामा ठेस लागिरहेको छ । अछाम पुगेरसमेत पार्टी नेता भीम रावललाई कार्यक्रममा बोलाएनन् । जनतासँगको सम्बन्ध सुधार्ने भनिएको कार्यक्रममै पार्टीका नेताहरुसँगको सम्बन्ध सुधार्न एमालेले सकेको छैन । सामाजिक सञ्जालबाट पनि प्रभाव पर्छ भन्ने बुझेका ओलीले ‘बा ब्राण्ड’ नै बनाउँदा अछाममा अर्को आलोचनाको सिकार बन्नुप¥यो ।

करिब दुई सातासम्म चल्ने यो अभियानमा भएभरका पदाधिकारी बोकर हिंडेको एमाले आफैँ यात्रा छोट्याउने मनस्थितिमा पुगेको छ । अर्थात मुद्दाका हिसावले यो संकल्प यात्रा पनि निस्प्रभावी हुने लगभग निश्कर्षमा एमाले पुगिसकेको छ । यो अभियानले जनताका समस्या सुन्ने र जनजीविकाको विषय सम्बोधन गर्ने अपेक्षा गरिए पनि यी विषय गौण छन् । यो बीचमा मञ्चबाटै आलोचना र गाली गर्न पार्टी अध्यक्ष ओलीले कसलाई नै बाँकी राखे होलान् र रु हिजो आफू प्रधानमन्त्री हुँदा घरघरमा ग्यास पु¥याउँछु भन्ने ओली दैलेख पुगेर फेरि ग्यासबाटै समृद्धि हुन्छ भन्न पनि भ्याए । हिजोसम्म राजावादी, पहिचानवादी र अरु पार्टीका नेतामाथि खनिएका ओली आज छिमेकी देशहरुलाई समेत जोडेर यो सरकार भारतको कम्र्फटेबल भएको आशय व्यक्त गरे ।

संकल्प यात्राको सबै जसो सभाका मञ्चमा पदाधिकारी बाहेकको उपस्थिती छैन । स्थानीय नेताहरुले नै उचित स्थान पाएको देखिँदैन । प्रमुख प्रतिपक्षी दलको भूमीकामा रहेको एमाले राष्ट्रिय राजनीति नै अस्थीर बनिरहेका बेला किन देश दौडाहमा छ त्यो आफैँमा प्रश्न खडा भइरहेको छ । अझ मिसन ०८४ भन्दा पनि माथि उठेर मध्यावधीकै लागि तयार रहन एमालेले दिइरहेको सन्देश विगतमा प्रतिनिधिसभा विघटन गर्दाको अस्थीरतभन्दा कम्ती छैन ।