Breaking

रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु भएको पुष्टि


काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ ।

साथै, सरकारले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा रुसी सेनामा भर्ना नहुन अनुरोध पनि गरेको छ ।