विदेश

निर्वाचनले झनै शक्तिशाली मोदी, फेरि सत्तायात्राको बाटो खुल्यो, राहुल र सोनियाको केही चलेन


काठमाडौँ — भारतका विभिन्न ५ राज्यको विधानसभा चुनाव सम्पन्न भएको छ । ४ क्षेत्रको मत गणना हुँदा ३ क्षेत्रमा भाजपा नेतृत्वले जित हाँसिल गरेको छ । यो पाँच क्षेत्रको चुनावले भारतमा आगामी सरकार कस्को बन्छ भन्ने तय हुने प्रक्षेपण गरिएको छ । निर्वाचन प्रणालीबाट नेतृत्व छान्ने भारत विश्वको सबैभन्दा ठूलो शक्ति हो । अहिले भारतको ५ राज्यमा विधानसभा चुनाव सम्पन्न भएको छ । दुई कार्यकाल नरेन्द्र मोदीले जितेर उनको पार्टी भाजपा सत्तामा छ । कुनै बेला भारतमा कांग्रेसको दबदबासहित शासन चलेको थियो ।

राजनीतिमा एकलौटी रजगज गरीरहेको कांग्रेसलाई भाजपाले पछारेपछि भारतमा मोदीको शक्ति, अहिले सत्तामा छ । भाजपासंग नराम्रो हार व्यहोरेको कांग्रेस १० वर्ष यता कमसल प्रतिपक्षको रुपमा छ । तथापी कांग्रेसको नेतृत्वमा रहेका सोनिया गान्धी र राहुल गान्धी निरन्तर मोदीको खिलाबमा छन् । उनिहरुको टकराव र विरोध प्रतिपक्ष दलको भन्दा पनि व्यक्ति केन्द्रित भएर आउने गरेको छ । यी टकरावकावीच पछिल्लो समय भारतका विभिन्न पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएको हो । जसमा मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजरोममा चुनाव सम्पन्न भएको छ । यी पाँच राज्यमध्ये चार राज्यको मत गणना अन्तिम चरणमा पुगेको छ । जसमा नरेन्द्र मोदी नेतृत्वको पार्टी भाजपाले ३ क्षेत्रमा जित हासिल गरेको छ ।

तेलंगनामा भने कांग्रेसले विजयीको झन्डा फहराएको छ । राहुल गान्धीको भारत जोडो यात्राको क्रममा कांग्रेसले अपार सफलता र जनसमर्थन पाएको थियो । यद्यपी त्यसक्रमको जनसर्मथन भने चुनावको मत परिणाममा देखिएन । कांग्रेसकै शक्ति र सरकार रहेको छत्तिस गढमा यो पटक भाजपाले आफ्नो झन्डा फहराएको छ । काङग्रेसले तेलंगना बाहेक अरु ठाउँमा बलियो उपस्थिति देखाउन सकेन । मिजरोममा मत गणना हुन बाँकी छ । चार राज्यमा गणना सम्पन्न हँुदा ३ राज्यमा हार बेहोर्नु परेको काङग्रेसका लागि यो ओरालो यात्रा हुन सक्ने विश्लेषण भइरहेको छ ।

अहिलेको विधानसभा निर्वाचनलाई भारतमा आगामी सरकार कसको बन्छ भन्ने आधारको रुपमा लिइएको छ । भारतीय राजनीतिको केन्द्रबिन्दु रहँदै आएको गान्धी परिवारका युवा सदस्य राहुल गान्धीको राजनीतिक भविष्यलाई पनि यो चुनावसँग जोडेर हेरिएको छ । कंग्रेस पार्टीबाट प्रधानमन्त्रीका भावी उम्मेदवारका रूपमा हेरिएका राहुललाई यो चुनावले उनको आगामी यात्रामा झट्का लाग्ने सम्भावना छ । यता मोदीका लागि भने आगामी बाटो सहज हुन सक्ने आकलन भइरहेको छ ।