Breaking

झनझन् आक्रामक देउवा, आफ्नै गुटभित्र भाँडभैलो, नेताको बोलचालै बन्द, चन्द्रले भेटे !


काठमाडौँ — गत साउनमा एक वर्षको अन्तरालमा बल्लतल्ल बसेको केन्द्रीय समिति बैठकमा आफूमाथि उठ्ने प्रश्नलाई सामना गर्न लाइभको रणनीति अघि सारेका कांग्रेस सभापति शेरबहादुर देउवा,इतर गुटसंग एक्लै भिडिरहेका छन् । भलै त्यहीबैठकबाट महामन्त्रीको क्यालेन्डरमा कांग्रेस चलेको तथा कोइरालाको अन्तिम चेतावनीले देउवा गलेको चर्चा सुरु भएको थियो । कोशी प्रदेश विद्रोहको अनुमोदनले उनी अझ पेलिएको विश्लेषणकाबीच देउवा आफूमाथि बढेको घेराबन्दीमा सार्वजनिक रुपमै प्रतिवाद गरिरहेका छन् । गुटमा कमजोर भएको तथा ट्रयाकमा हिँड्न थालेको विश्लेषण गरिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि शेर बन्न थालेका छन् ।

दर्विलो खम्बा वालकृष्ण खाँणको जेल यात्रा,अर्का सहयात्री पूर्णवहादुर खड्का र प्रकाशरण महत वोल्ती बन्दको अवस्थामा रहदाँ कांग्रेस सभापति देउवा गुटमा कमजोर छन । एमालेले गरिरहेको गठबन्धन परिवर्तनको प्रयास र डा.शेखर गुटसहित खाँण पक्षले गर्दै आएको सरकारको आलोचनाले उनी गलेका छन् । फलत ः कोशीमा भएको विद्रोह स्वीकार्नसम्म तयार भएको दावीका विच महामन्त्री गगन थापाकै क्यालेन्डरमा पार्टिलाई हिडाउनुलाई समेत अर्थपूर्ण हेरिएको थियो । यहिविचमा अव आफू पुन पार्टिको नेतृत्वमा जान नचाहेको बताएका उनले अनियमितताको फायलको तार आफ्नीश्रीमती आरजुराणासम्म आईपुग्ने भएकैले माओवादी वोकेको आरोपसमेत खेपिरहेका छन् ।

कोईरालाले त फर्किएर धुम्बाराहि नआउने भन्दै अन्तिम चेतावनी नै दिईसकेका छन् भने सार्वजनिक कार्यक्रममा समेत उनीमाथि प्रहार बढ्दो छ ।यसैको पछिल्लो उदाहरण कांग्रेस लुम्बिनीको शनिवारदेखि बुटवलमा सुरु भएको प्रदेश सम्मेलनमा पार्टी संस्थापन समूहको आलोचना गर्ने नेताहरूको स्वर एकमुख जस्तै भयो ।प्रदेश समितिमा इतर समूहको वर्चस्व रहेको प्रष्ट हुने गरि नै शनिवारको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूको लाइन पनि मिल्यो ।इतर समूहका नेताहरू चन्द्र भण्डारी, दीपक गिरी, प्रदेश सभापति अमर सिंह पुनलगायतका नेताहरूले पार्टी संस्थापन समूहको आलोचना गर्दा देउवा पछाडि वोलेका महामन्त्रीले समेत आगो ओकले ।

सहभागीहरूले हुटिङ गरिरहेको दृश्यले उत्साहित इतर समूहका नेताहरूले संस्थापन समूहको चर्को आलोचना गर्दा सभापति देउवाको मुहार उसै गरी तातेको थियो । यहि अवसरको प्रयोग गर्दै कोईरालाले कांग्रेसलाई परिवर्तन गर्नका लागि पार्टीभित्र फैलिएको निराशाको अन्त्य गर्नु जरुरी रहेको र त्यो निराशा अन्त्य गर्न कांग्रेस नेताहरूमा त्यागको भावना आवश्यक देखिएको बताए ।

तर पार्टिमा बहुमत रहेका देउवाले ईतरपक्षमै देखिएको भिडन्तलाई प्रष्टसंग बुझेका छन । आफ्नो फाईदाका लागि नरम बन्न सक्ने उनी यो पटक शेखर गगनविच देखिएको सम्बादहिनताकै अवस्थामा खेल्ने रणनितिमा छन । संगै पूर्वमहामन्त्री भिडाउने देखि महामन्त्रीमा किन महिला छैनन् भन्दै आरजुलाई अघि सार्ने दाउमा रहेका उनी ईतर गुटको गाली एक कानले सुन्ने अर्कोले उडाईदिने गरिरहेका छन् । सत्तामा समेत दक्षिण शक्तीलाई खुसि पारेर आफू अनुकुल वातावरण सिर्जना गर्न लागि परेका उनी हिन्दुराज्यको पक्षको गोटि फाल्न थालिसकेका छन ।

त्यस्तै ईतर गुटकै बर्चस्व रहेको लुम्बिनीमै वालकृष्ण खाँणलाई सम्मान गराएर नयाँ सन्देश दिन सफल भएका उनी खाँणलाई न्याय दिलाउने दौडधुपमा छन् । यद्यपी महासमितिसम्म त्यति आक्रमक भईहाल्न नहुने पक्षमा देखिएका उनले काम देखाउने गरि अघि बढ्न चाहेको भन्दै पार्टि भित्र सक्रिय र सत्ताकै नेतृत्वको तयारीमा लाग्ने संकेत गरेका छन । फलत ः आफूलाई भाषण गर्न मन नपर्ने तथा काम गरेर देखाउने मान्छे भएको जवाफ दिएका उनले काम गर्न सकिन्छ कि सकिँदैन भन्नेमा अस्पष्ट जाहेर गरेका छन । त्यसमा पनि देउवाले आफूलाईधेरै काम गर्न दिने छाँट नभएको भन्दै ईतरपक्षमाथि सटिक प्रहारसम्म हान्न भ्याए ।

देउवाको उत्तराधिकारी दावी गर्ने हैसियतमान त कोहि आउन सकेका छन्, न त उनलाई विद्रोह गरेर पराजित गर्ने अवस्था नै छ । जसको उदाहरण पार्टि नेतृत्वदेखि संसदीय दलको चुनावसम्ममा देखिदाँ देउवा एक्लैका कारण कायम रहेको गठबन्धनसमेत अर्को प्रमाण हो । अहिले उनी आफ्नै गुटको आन्तरिक अन्तरद्धन्दले केहि नरम देखिएपनि ईतर गुटको सोहि हालतका कारण मौनताले नै छुरि धस्ने बाटोमा देउवा देखिन्छन ।