राजनीति

हत्या गरेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको अध्यक्ष आलीको प्रतिक्रिया


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेको हत्या गरेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताउनुभएको छ ।

महाकाली—मेची यात्राका क्रममा आज अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनु भयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताउनु भयो ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गर्नुभयो ।।