Breaking

कोशीको तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी


कोशीका मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिनुभएको छ । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बन्नुभएका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रका गणेश प्रसाद उप्रेती पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बन्नुभएका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिनुभएको हो ।

गत असोज २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गर्नुभएको थियो । माओवादी र नेकपा एसका तर्फबाट उप्रेती र जबेगु भने कार्तिक १७ गते मन्त्री बन्नुभएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राख्नुभएको छ ।