Breaking

मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा सर्वदलीय बैठक बस्दै


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ ।

बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने अनुमान छ ।
गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।