विदेश

भारतमा चुनावी भिडन्त: मोदीलाई आछुआछु पार्दै राहुल, सर्वेक्षणले यस्तो देखायो


काठमाडौँ — भारतका विभिन्न ५ राज्यको विधानसभा चुनाव सकिएको छ । ५ राज्यको विधानसभा चुनावलाई लिएर भारतीय राजनीतिक वृत्त अहिले रस्साकस्सीको अवस्थामा छ । यो क्षेत्रको चुनावले भारतमा आगामी सरकार कस्को बन्छ भन्ने तय हुने प्रक्षेपण गरिएको छ । निर्वाचन प्रणालीबाट नेतृत्व छान्ने भारत विश्वको सबैभन्दा ठुलो शक्ति हो । दुई कार्यकाल नरेन्द्र मोदीले जितेर उनको पाटी सत्तामा छ । कुनै बेला भारतमा कांग्रेसको चर्को शासन थियो । राजनीतिमा एकलौटी रजगज गरीरहेको कांग्रेसलाई भाजपाले पछारेपछि भारतमा मोदीको शक्ति, अहिले सत्तामा छ ।

भाजपासंग नराम्रो हार व्यहोरेको कांग्रेस १० वर्ष यता कमसल प्रतिपक्षको रुपमा छ । तथापी कांग्रेसभित्रका सोनिया गान्धि र राहुल गान्धि निरन्तर मोदीको खिलावमा छन् । उनिहरुको टकराव र विरोध प्रतिपक्षदलको भन्दा पनि व्यक्ति केन्द्रित भएर आउने गरेको छ । यी टकरावकावीच पछिल्लो समय भारतका विभिन्न पाँच राज्यमा विधानसभा चुनाव भएको छ । जस्मा मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजरोममा चुनाव सम्पन्न भएको छ । ३ डिसेम्बरमा मतगणना हुनेछ । त्यसअघि भारतीय सञ्चार माध्यमहरूले एक्जिट पोल सार्वजनिक गरेका छन् ।

एक्जिट पोलहरूले देखाए जस्तै नतिजा आए भारतीय जनता पार्टी (भाजपा) का लागि राम्रो संकेत देखिएको छैन । मध्यप्रदेशमा अहिले भाजपको सरकार छ । एक्जिट पोललाई आधार मान्ने हो भने मध्यप्रदेशमा भाजपाले चुवाव जित्ने संभावना बलियो छ।
२ सय ३० सिट रहेको मध्यप्रदेशमा भाजपाले १४० देखि १६२ सिटसम्म जित्ने अनुमान छ । यहाँ कांग्रेस आईले ६८ देखि ९० सिट जित्ने अनुमान छ । यद्यपी अर्को फरक एक्जिट पोलले भने कांग्रेस आईले बहुमत ल्याउन सक्ने देखाएको छ । अथवा यहाँ भाजपाले जित्ने अनुमान भए पनि कांग्रेस पनि प्रतिस्पर्धामै देखिएको छ । बहुमतका लागि यहाँ ११६ सिट आवश्यक हुन्छ । अहिले मध्यप्रदेशमा भाजपाका शिवराज चौहान मुख्यमन्त्री छन् ।

उता हाल कांग्रेसका अशोक गहलोत मुख्यमन्त्री रहेको राजस्थानमा ३० वर्षको इतिहास उल्ट्याउँदै कांग्रेसले फेरि सरकार बनाउने एक्जिट पोलहरूले देखाएको छ । राजस्थान२ सय सिटमध्ये १९९ सिटामा चुनाव भएको छ । यहाँ बहुमत ल्याउन १०१ सिट आवश्यक हुन्छ । इक्जिट पोलको भोटलाई आधार मान्दा यहाँ कांग्रेसले ८६ देखि १०६ सिट जित्ने अनुमान छ । यदि यही अनुसार रिजल्ट आएमा यहाँ विगत ३० वर्षदेखि हरेक पाँच वर्षमा हुँदै आएको सत्ता परिवर्तन रोकिनेछ । उता भाजपाले पनि ८० देखि १०० सिट जित्ने अनुमान छ ।

यहाँ कांग्रेस र भाजपाबीच कडा टक्कर देखिएको छ । यस्तै कांग्रेसकै सरकार रहेको छत्तिस गढमा योपटक पनि कांग्रेसले नै सरकार बनाउने अनुमानहरू गरिएको छ । एक्जिट पोलहरूले ९० सिट रहेको छत्तिसगढमा कांग्रेसले ४० देखि ५० सिट जित्ने अनुमान गरेको छ । यहाँ अहिले कांग्रेसका भुपेष बघेल मुख्यमन्त्री छन् । भाजपाले ३६ देखि ४६ सिट ल्याउने अनुमान गरिएको छ । यस्तै तेलंगनामा कांग्रेस सबैभन्दा ठूलो पार्टी वा बहुमतमा पुग्ने अनुमानहरू सार्वजनिक भईरहेकाछन् ।

अहिलेका मुख्यमन्त्री बीआरएसका केसीआरको सरकार ढल्ने अनुमान गरिएको छ । यहाँ पनि कांग्रेसले सरकार बनाउन सक्ने एक्जिट पोलहरूले देखाएको छ । यस्तै मिजरोममा पनि अहिलेको सत्तारुढ पार्टी एमएनएफले नराम्रो हार व्यहोर्ने अनुमानहरू सार्वजनिक भएको छ । ४० सिट रहेको यो प्रदेशमा नयाँ पार्टी जेडपीएमले जित हात पार्ने अनुमान गरिएको छ । अहिले ५ वटा प्रदेशको मत बाकसमा बन्दमा छ। मत गणना ३ डिसेम्बरमा हुँदै छ । अहिलेको सर्वेक्षणलाई भारतमा आगामी सरकार कसको बन्छ भन्ने अनुमानका रुपमा लिईएको छ।