Breaking

ओलीको जोसका अगाडि प्रचण्ड–देउवा फिक्का, २५ वर्षे ठिटो जस्तो तगडा, राजावादीलाई चुनौती


काठमाडौँ — नेकपा एमालेले चुनावको झल्को दिने गरी, विहीबार सुदुरपश्चिम प्रदेशको ‘झुलाघाटबाट संकल्प यात्रा’को सुरुवात गरेको छ । ‘झुलाघाट–चिवाभन्ज्याङ यात्रा’ नाम दिईएको यो अभियान पूर्वको पाँचथर चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । १ हजार ८ सय ७९ किलोमिटरको यो यात्राको नेतृत्व पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफै गरेकाछन् । उमेरले डाँडामाथिको घाम भनिसक्यो, तर मन रतिभरपनि डगमगाएको छैन।

शरीरका पुर्जा कमजोर भएर बेकामे हुन्छन्, तर त्यसलाई पनि फेरेर जवानीको जोश सँगसँगै फर्काउँछन् । जीवनमा कहिले नहार्ने राजनीतिक योद्धा हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली । अहिलेका अधबैशे नेताले काठमाडौं नछोड्दा ओली महाकालीको समिप, झुलाघाटमा पुगेर कार्यकर्तासँग झुमिरहेकाछन् ।

शरिरको उर्जा र आत्मविश्वासका लागि ओलीलाई लिए, पुग्छ ।उमेरमा १४ वर्ष जेलनेल भोकेका ओलीले जीवनमा हरेष भन्ने चीजलाई टाढै राखे । फलतः अहिले ७० वर्षमा पनि ओली २५ वर्षे ठिटो जतिकै जोशिलो छन् । एमाले ओलीकै कारण एमाले जस्तो भएको छ । सडकमा केपी बा, आईलभ यु, का नारा उनकै चर्चाका कारण लाग्ने गरेको छ । ओली पार्टी अध्यक्षमा मात्रै सिमित नभएर अभिभावकजस्तो छन् । बालकदेखि युवासम्मका लागिउनी मन पराएका सेलिब्रटी भन्दा कम छैन्न । ओलीको भाषण एमाले हुन् कि झालेमाले जो सुकै पनि सुन्न पुग्छन्। पार्टीभन्दा पर पनि उनका फ्यान छन् । अर्थात् उनले भाषणमा बेलाबेलामा दिने मसलेदार किस्साको स्वादबेग्लै छ ।

बिहिबार ‘झुलाघाट–चिवाभन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्न ओली मंगलबार साँझ नै धनगढी विमानस्थलमा ओर्र्लिए । संयोग ओली सवार विमानमा दुई जोडी बेहुला बेहुली र जन्ती पनि सँगै थिए । ओलीले सँगै राखेर फोटो क्लिक गर्दै नवजोडीलाई बधाई दिनसम्मभ्याए । तराईझर्दा बरमाझियाँको बाजेको पेडा खोज्ने ओलीले सुदूरपश्चिम यात्राको क्रममाडडेल्धुराको गन्यापधूरा–१, साहुखर्कमा रहेको‘बाजेको खिर’ पनि खाए ।

बिसं २०३२ सालदेखि ‘बाजेको खिर पसल’ निरन्तर सञ्चालित छ। स्थानीय शेरबहादुर देउवाले सुदूरपहाडमा सडक विस्तार हुँदा खिर पसल खोलेका थिए। ओलीको यो व्यक्तित्वले उनी जनजनसँग नजिकछन् । अर्थात पूर्व होस् की पश्चिम सबै भुगोलसँगओली परिचित छन् भन्ने यसले प्रष्ट हुन्छ ।

एमालेले विहीबार झुलाघाटबाट झण्डा फहराएर, चिवाभन्ज्याङबाट चिहाउँदै गरेको सूर्यलाई पौष १ गते भेट्ने बाँचासहित निम्तो दिएको छ । १ हजार ८ सय ७९ किलोमिटरको यात्रा तय गरेर एमालेपौष १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको मोर्चा उनै अध्यक्ष ओली आफैले सम्हालेकाछन् । एमालेले अहिलेको समृद्धीका लागि संकल्प यात्रा भनेको यो अभियानलाई विश्लेषकहरुले भने बेमौसमी अर्थात फुर्सदको सदुपयोग भनेकाछन् ।

यता ओलीले भने सुदुरपश्चिम पुगेर पूर्वसम्मै धक्का पुग्ने गरी राजावादी र पहिचानवादीलाई डोज दिएकाछन् । पूर्वमा राजाको शालिक बनाएर तमासा देखाएको भन्दै जंगिएका ओलीले पहिचान पक्षधरलाईसमेत हतियारको बलमा आक्रमण गरेर राजनीतिक प्राणी हुन नसक्ने चेतावनी दिए ।

माधव नेपालले नेतृत्व गर्दा निम्छरो देखिएको एमाले ओलीकै कारण अहिले शक्तिशाली छ । तर एमालेभित्र पनि ओलीपथ पच्छ्याउन नसक्दा भित्तामा पुगेका भीमरावलहरु पार्टी भित्रै निषेधमा परेका छन् । खैर, ओलीको आत्मवलसहितको उर्जालाई एमालेको युवा पंक्तिले प्रयोग गर्न सके, अझै पार्टीको भविष्य देखिन्छ ।