Breaking

प्रचण्डको चाकडीले ३१ यात्रु अलपत्र, राज्यको नोक्सानी, आक्रोशित युवा प्रचण्डमाथि जाई लागे


काठमाडौँ — निजी क्षेत्रसंग प्रतिस्पर्धा गर्न नसकेको तथा घाटाको व्यापार गरिरहेको नेपाल वायु सेवा निगमले भीभीआईपीको चाकरी गरेर अनुहारमा मोसो पोतेको छ । दुबई प्रस्थान गरेका प्रधानमन्त्रीको भद्दा चाकडीका कारण अन्य यात्रु भने सास्ती व्यहोर्नु प¥यो । जसले निगमको साख मात्र गिरेको छैन,छुटेका यात्रुलाई गन्तव्यमा पुर्याउन थप आर्थिक भार व्यर्होनु परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमणका लागि नेपाल वायू सेवा निगमले देखाएको गुलामीको चर्को आलोचना भएको छ । बुधवार राति जम्बो टिमसहित दुवई उडेका दाहालको चाकडीमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सले दुई घण्टा अघि उडान भरेपछि ३१ जना यात्रु छुटेका थिए ।

बुधबार राति साढे ११ बजे नेपाल एयरलाइन्सकोनियमित उडान तालिका थियो । तोकिएको समय तालिकाभन्दा दुई घण्टा अगाडि साढे ९ बजे नै प्रधानमन्त्री प्रचण्डसहित २५० जना यात्रु दुबईका लागि उडेका थिए। सो उडानको समय परिवर्तन भएको सबै यात्रुलाई जानकारी दिइएन ।जसमध्ये धेरै वैदेशिक रोजगारीका लागि दुबई जान लागेका थिए भने उनीहरु एयरपोर्ट पुग्दा उडान भईसकेको थियो ।फलत ः छुटेकायात्रुहरुलाई निगमकै खर्चमा होटेलमा राखियो । अर्थात एकातर्फ गुलामीमा वद्नामको दाग र अर्कोतर्फ थप खर्चसमेत व्यहोर्ने अवस्थामा निगम पुगेको हो ।

अझ गज्जब त निगमको विहीबार दुबई उडान नभएकाले अब अन्य एयरलायन्सको महँगो टिकट किनेर पठाउनुपर्ने बाध्यता निगमलाई आइप¥यो । एक त घाँटा व्यहोरिरहेको अर्कातर्फ सधँै वद्नामीको कलंक वोक्ने नेपाल एयरलाईन्सको लापारबाही फेरि पनि बाहिरिएको छ । लापरबाहीका कारण निगममाथि लागेको आरोपबाटबच्न यात्रुलाई खबर गरिएको भन्दै एयरलाईन्सले गोलमटोल जवाफ दिने प्रयास ग¥यो । तरत्यही उडानमा अधिवक्ता प्रज्वल विक्रम राणासमेत प्रधानमन्त्री सहभागी हुने कोप २८ कार्यक्रमकै लागि दुवई जाँदै थिए । त्यसका लागि उनी साढे ८ बजे एयरपोर्टमा पुगेका थिए। उनी त्यहाँ पुग्दा कर्मचारीहरू प्रधानमन्त्रीको बिदाइका लागि गएको र करिब एक घण्टापछि ड्युटी अफिसर आएर माथिको आदेश अनुसार सारिएको भन्ने जानकारी दिएको राणाले बताएका छन् ।

यसअघि पनि भिभिआईपी र भिआइपीका लागि यात्रु छोडेर हिँड्नेदेखि यात्रुमैत्री हुन नसकेको आक्षेप नेपाल एयरलाईन्सले खेप्दै आएको छ । विमान खरिदमै अनियमिततादेखि कर्मचारी आन्दोलन जस्ता कारणले सेवाप्रभावित हुने जस्ता अनेक हण्डर एयरलाईन्सले खाँदै आएको छ । त्यस्तै परिचारिकामाथि नै दुव्र्यवहार भएको खवरदेखि निगमको लापरबाहीका कारण यात्रु विचल्लीमा पर्नु अब नौलो लाग्ने विषय हुन छाडिसकेको छ । प्रधानमन्त्री प्रचण्डको टोलीलाई दुबई छाडेर काठमाडौं फर्किएको विमानका कर्मचारी नै पनि मापसेमा परेका छन् ।

एकातर्फ यात्रुको विचल्ली बनाएको भन्दै आक्षेप खेपिरहेका वेला काठमाडौं उडान भर्ने क्रममा क्याबिन क्रु सबैको ब्रेथलाइजरमार्फत परीक्षण गर्दा क्याबिन क्रु मेम्बर विवशजंग शाह मापसेमा परेका हुन् ।अर्थात एकपछि अर्को समस्या र लापरबाहीको केन्द्र बनेको राष्ट्रिय ध्वजावाहकमा व्यवस्थापन कमजोरीको चरम रुप देखाएको छ । जसलाई राजनीतिक विश्लेषक प्रा.डा प्रेम शर्मा प्रधानमन्त्री सर्वोपरी ठान्ने र गुलामी गर्ने राजनीतिक चरित्रले सर्वसाधारणले भोगिरहेको सास्तीको नयाँ उदाहरणको संज्ञा दिन्छन् ।

अहिले यसैपनि पुराना दल र नेता प्रति आक्रोश बढ्दो छ । जसको कारण उनीहरुका शैली र प्रवृत्तीलाई ठानिदाँ भर्ती केन्द्र बनेका संस्थान र आफूलाई भर्ती गर्नेहरुकाको ज्यू हजुरीमा व्यवसायिकतालाई नै भुल्दा त्यसको क्षती राष्ट्रले व्यहोरिरहेको छ । जनताको करबाट चल्ने यस्ता संस्थाहरु आम नागरिककै सेवामा बढी समर्पित हुनुपर्ने मान्यता विपरीत चल्दा निगममाथिको विश्वास थप टुक्रिएको छ । प्रतिस्पर्धी बजारमा खरो उत्रिनु पर्ने र गुणस्तरीय हवाई सेवा प्रदान गर्नु पर्ने दायित्वबाट निगम नेतृत्व चुकेको स्पष्ट भएको छ । उल्फाको धन, फुपूको श्राद्धको उखानसंग दाज्ने हो भने गुलामी गर्ने नेपाल एयरलाईन्सको नेतृत्व,कर्मचारी र स्वयम प्रधानमन्त्री प्रचण्डको विहीवारको कार्यले यसलाई चरितार्थ गरेको छ ।