काठमाडौं । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रिय अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि सुरू भएको छ ।
बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको सुरुवात गर्नुभएको छ । झण्डै २ हजार किलोमिटर लामो यात्रालाईएमालेले नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अथ्र्याएको छ । अभियानमा आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने एमालेले बताएको छ।
अभियानमा अन्तक्र्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगछलफल गर्ने एमालेको लक्ष्य छ । ठूला सभाहरू पनि एक डेढ घन्टाको हुने बताइएको छ।सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्ने कार्यक्रम छ । कम्तिमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ।
प्रतिक्रिया