विदेश

कस्तो अचम्म ! श्रीमान्–श्रीमतीको झगडाले विश्व तानियो, ‘प्लेन’ नै फर्कियो, आहा ! माया


काठमाडौँ — श्रीमान्–श्रीमतीबीचको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंककका लागि उडेको हवाई सेवा कम्पनी लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गर्नुप¥यो । ‘विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण विमानभित्र कोलाहलपूर्ण स्थिति सिर्जना भएपछि चालक दलले डाइभर्टको निर्णय लिनु परेको हो ।
भनिन्छ श्रीमान् श्रीमतीको झगडा परालको आगो हो । जति छिट्टो परालमा आगो लाग्छ त्यति नै छिट्टो निभ्छ पनि । त्यस्तै श्रीमान्–श्रीमतीको झगडा पनि छिट्टै हुन्छ र मेलमिलाप पनि छिटै हुन्छ ।

यो सम्बन्ध नै त्यस्तै हो स–साना झगडाका कारण माया–प्रेम झन्–झन् बढ्ने । दाम्पत्य जीवनमा स–साना झगडा भएन भने त्यो दामपत्य जीवन नै निराश हुन्छ । त्यसैले दामपत्य जीवनलाई रोचक बनाउनका लागि स–साना झगडा हुनु आवश्यक हुन्छ । तर कहिलेकाहीँ तपाईंको झगडाले विकराल रुप लियो भने त्यसले माया बढाउनुभन्दा सम्बन्ध नै अन्त्य हुन बेर लाग्दैन । तपाईहरुको झगडाले छिमेकी अर्थात नजिकको साथीहरुलाई कतिको असर गरेको छ यो विषयमा पनि सोच्न जरुरी हुन्छ । होे यस्तै अचम्मको घटना विमान भित्र भएको छ । श्रीमान श्रीमतीको झगडाले थाइल्याण्डको बैंकक जाँदै गरेक विमान भारतको नयाँ दिल्लीमा अवतरण गर्नु प¥यो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान् श्रीमतीलाई विमानबाट निकालिएको थियो ।


अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको विमान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे १० बजे भएको थियो । विमान अवतरणपछि दुवैलाई झारेर टर्मिनल क्षेत्रमा लगियो जहाँ सीआईएसएफका कर्मचारी, विमान चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।

उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई विमानको स्थिति र अनियन्त्रित यात्रु बारे जानकारी दिएका थिए । एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गरेकी थिइन् । श्रीमानले आफूलाई धम्की दिइरहेको उनले बताएकी थिइन् । यसरी श्रीमान श्रीमतीबीचको उद्दण्ड व्यवहारका कारण बैंककका लागि उडेकोे विमान भारत पुग्दा अरु यात्रीले भने सास्ती व्यहोर्नु प¥यो । योसँगै ती दुई श्रीमान श्रीमतीले पनि दुःख खेप्नु परेको थियो ।