Breaking

राजस्थानमा न्यूनचापीय प्रणाली, देशभरको मौसम बदली


काठमाडौँ – पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज देशका केही भूमागमा मौसम बदली भएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकाको आकाशमा आज बिहानैदेखि बादल लागिरहेको छ। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाउको छ।
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।