Breaking

दुर्गा प्रसाईंको पछि साधुसन्तको भिड, गौशालामा झडप, श्रीनिवास प्रहरी खोरमा, प्रसाईं भागेर जोगिए


काठमाडौँ — मंसिर ७ बाट दुर्गा प्रसाईले थालेको राजतन्त्र फकाउने मागसहितको प्रदर्शन पाँचौ दिनपनि जारी छ । दिन प्रतिदिन सुक्दै गएको उनको आन्दोलन एकदिन नजरबन्द, सिफलमा सिमित बन्दै गौशालासम्म आईपुगेको छ । जहाँ गौशालाको प्रदर्शनमा प्रहरीसंग झडपकै अवस्था आँउदा सन्त महन्तहरु आन्दोलन सुक्न नदिने भन्दै सडकमा उत्रिएका हुन ।

बल्खुको न्यास्रो मेट्न न्वारन देखिको वल निकालेर गौशालामा जम्मा भएका दुर्गा प्रसाईंका सर्मथकहरुको आक्रोश कम भएको छैन । भीड तितरबितर भइसक्यो । आन्दोलन पनि लगभग तुहिसकेको छ । तर आक्रोश भने झनै बढ्दो छ । सोमबार गौशालाको सडक नै कब्जा गर्न खोजेपछि प्रहरी धरपडक गर्न नै बाध्य बन्यो ।

मंसिर ७ गते नै व्यवस्था पल्टाउने उद्घोष गरेका दुर्गा प्रसाई एक दिन त नजरबन्दमा नै परे । जसोतसो नजरवन्दबाट निस्किएका प्रसाईं अहिले भने निभ्न लागेको दियोजस्तै बनेका छन् । तिनकुनेमा प्रदर्शन गर्ने उनको धोको समर्थकलाई जहाँ वास बस्यो त्यहि थुन्ने सरकारको रणनितिले सफल बनेन् । त्यसको भोलीपल्ट सिफलमा सिमित भएको उनको आन्दोलन आईतवार प्रर्दशनकारी गरेको भन्दै औपचारिकतामै सिमित भयो ।

जसलाई राजावादीको आन्दोलनको पतनका रुपमा तथा सरकारको विजयका रुपमा व्याख्या गरिदाँ राप्रपा सहितका शक्ती वृहत तयारी सहित आन्दोलनमा उत्रिने तयारीमा रहेको चर्चा समेत छ । जहाँ धिपधिप बनेको आफ्नो आन्दोलनलाई जारी राख्न बाध्य बनेका प्रसाईले सोमबार भने गौशाला चोकमै आफ्ना शुभेच्छुकलाई उतारे । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका हुन ।

हुन त यो प्रदर्शनलाई शशक्त बनाउन भन्दै सन्तमहन्त समेत आजको कार्यक्रममा सहभागी थिए । आफ्नो आन्दोलन कुनै हालतमा पतन तर्फ नगएको भन्दै प्रर्दशनकारीलाई उकास्न विवाद गुरु श्रीविनास आचार्य नै आएका थिए । विगतमा आफैलाई गोली हानेर धार्मिक द्धन्द्धको वातावरण तयार गर्ने बाटोमा रहेका तथा केहि समयअघि नाङगो खुकुरी सहित उत्तेजक भाषण गरेर हिरासतको हावा खाएका उनी निकै उत्तेजित देखिन्थे ।

त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । प्रहरीप्रति लक्षित गर्दै गौशाला चोककमा भाषण गर्न नदिए प्रतिकार गर्ने उनले बताएका थिए ।

हुन त पहिलेबाटै तातिएको माहोल प्रहरीले संयमित नै भएर नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर श्रीनिवास आचार्यको अभिव्यक्तिले त्यसमा सोडाको काम गर्दा दुर्गा प्रसाईको आगमनपछि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । जो आफ्नो व्यक्ति नभएको उनीहरुका दावीका विच प्रहरीले भिड नियन्त्रणमा लिन लाठि चार्ज नै गरेको हो । प्रहरीले धरपकड सुरु गरेपछि प्रसाईँ भने भागेका थिए ।