Breaking

गौशालामा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीको लाठीचार्ज


काठमाडौँ — व्यवसायी दुर्गा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका थिए । प्रहरीले बल प्रयोग गरेपछि अहिले प्रदर्शनकारी तितरवितर भएका छन् ।