Breaking

क्यानडाको राजदूतमा भरतराज पौडेलको नाम सर्वसम्मत अनुमोदन


काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।

सरकारले सिफारिस गरेपछि समितिले अनुमोदन गर्ने र तयसपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको अधिकारीले जानकारी दिए ।