Breaking

पूर्वराजालाई दुर्गा प्रसाईंको दनक, लिङ्देनसँग द्वन्द्व, राजावादीको टकरावले तुहियो आन्दोलन, प्रसाईं कब्जामा


काठमाडौँ — राजसंस्था पुनःस्थापनाको मुद्दासहित काठमाडौंमा चलिरहेको आन्दोलन छिचोलेर पूर्वराजा ज्ञानेन्द्र शाह झापा झरेका छन् । उनलाई राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालेक झारेको हो । जसलाई यता प्रसाईंले काउण्टरका रुपमा हेरेका छन् । काठमाडौंमा दुर्गा प्रसाईंलाई नपत्याएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजेन्द्र लिङ्देनले झापामा झारे । यता शनिबार पनि चलेको प्रसाईंको जनविद्रोह झापामा टाउको, काठमाडौंमा पुच्छर हल्लिएजस्तो भयो ।

लिङ्देनको कुरा किल्लिएर थियो, ‘बैंक ठगहरुको आन्दोलनलाई पनि समर्थन गर्छु ?’ फलतः राजावादीहरुबीचकै विभाजित टकरावले अन्ततः राजसंस्था पुनःस्थापनासहितको मुद्दा उठाएर काठमाडौंमा सुरु भएको प्रसाईं आन्दोलन तुहियो । अब यो आन्दोलनको औचित्य लगभग सकिएको छ । सरकारले सुरक्षाकर्मी खटाएर प्रसाईंलाई टसको मस हुन दिएको छैन । अहिले प्रसाईं आफ्नो बाटो हिड्न पाउँदैनन् । शनिबार पनि भक्तपुरबाट कोटेश्वर, तीनकुने हुँदै सिफल पुग्न खोजेका प्रसाईंलाई प्रहरीले पेप्सीकोला हुँदै पशुपति पछाडीबाट निकालेको थियो ।

प्रसाईं नै सरकारको कब्जा जस्तो बनेपछि उनका समर्थक हल्लिन पाएका छैनन् । संख्या घटेर केही हजारमात्र सीमित बनेको छ । फलतः सिंहदरबार घेर्ने, व्यवस्था पल्टाउने, राजा ल्याउने र बैंक, वित्तिय संस्थाका पीडितको ऋण मिनाहा गर्ने प्रसाईंको उद्घोष ओझेलमा परेको छ । उनलाई साथ दिएका राजावादीहरु नै किस्ता किस्तामा बाँडिएर आन्दोलन कमजोर बनेपछि प्रसाईंले शनिबार राजसंस्था पुनःस्थापनाको मुद्दालाई मनलाग्दो ढंगले बोलेका छैनन् ।

बरु प्रसाईंले आह्वान गर्दा काठमाडौंमा नझरेका पूर्वराजा बिर्तामोडमा गम्कीएर ओर्लिए । राजासँगै हिड्न पाएपछि राप्रपा अध्यक्ष लिङ्देन दंग छन् । उनले पनि यो व्यवस्था पल्टाउन र राजसंस्था पुनःस्थापनाकै लागि शाहलाई सडकमा झारेको दाबी गरेका छन् । मुख्यतः प्रसाईंले राजाको मुखौट देखाएर काठमाडौंमा भीड देखाएको बद्ला लिन लिङ्देनले झापामा शक्ति देखाएका हुन् । त्यहाँ पूर्वराजा शाहलाई विशेष आशनको व्यवस्था थियो । छेवैमा टुक्रुक्क बसेका लिङ्देनले आधार घण्टा बिताएर राजा फर्किएपछि बोल्दै भने, ‘गणतन्त्रको जग हल्लियो, अब ढल्न बाँकी छ ।’

दुर्गा प्रसाईंले काडमाडौंमा जनविद्रोह छेड्दा पनि जग हल्लिएकै थियो । ज्ञानेन्द्र शाह पूर्वमा झर्दा पनि जग हल्लिएकै छ । तर हल्लिएकै जगमा बल लगाउनुपर्ने राजावादीहरु नै एक छैनन् । फलतः राजावादीहरुले जति जग हल्लाउँछन्, त्यतिनै बलियो गणतन्त्र बन्दैछ । यीनीहरुले हल्लाएकै जगमा राजनीतिक दलहरुले पिङ खेल्दै मजा उठाइरहेका छन् । त्यसैले चिन्ता व्यवस्थाको होइन, बरु ऋण मिनाहा हुन्छ कि, भन्दै काठमाडौं आएका पीडितहरुको अवस्था अब के होला ? त्यतातर्फ गर्ने कि ? नत्र सुत्ने ओछ्याउने बोकेरै काठमाडौं आएका, बोकेरै आन्दोलनमा हिडिरहेका र पटपटी खुट्टा फुटाईरहेका यीनीहरुको अवस्था बिजोग हुनेछ ।