विदेश

इजरायल र हमासको युद्ध रोकियो, मध्यपूर्वमा शान्ति छाउँदै, विपिन जोशीको रिहा कहिले ?


काठमाडौँ — अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको संघर्ष ४ दिनका लागि अस्थायी रुपमा रोकिएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ता लामो संघर्षपछि भएको अस्थायी युद्धविरामसँगै हमासले बन्धक बनाएकाहरु रिहा हुने क्रम जारी छ । त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरुलाई पनि छाडिँदै छ । रिहा हुनेमा एकै परिवारका १३ जना बन्धकहरुसमेत छन् । झण्डै १६ हजार बढीको नरसंहारपछि इजरायल र हमासबीच शुक्रबारदेखि चारदिने युद्ध विराम लागु भएको छ ।

हजारौंको ज्यान लिने गरी भएको सात हप्ता लामो संघर्षपछि भएको युद्धविरामसँगै बन्धक रिहा प्रक्रिया पनि अगाडि बढेको छ । हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्न थालेको छ भने त्यसको बदलामा इजरायली जेलमा रहेको प्यालेस्टिनीहरुलाई पनि रिहाँ गरिँदैछ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको भीषण आक्रमणपछि सुरु भएको संघर्ष दुबै पक्षबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार बिहान ७ः०० बजेदेखि युद्धविराम लागु भएको छ । चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई हमासले रिहा गर्नु पर्ने सम्झौतामा उल्लेख छ । यो अवधिमा नेपालका विपिन जोशिको पनि रिहाई हुने मध्यस्थकर्ताहरुको अनुमान छ । जस्मा विदेशी र महिला बालबालिकालाई प्राथमिकतामा राखिएको छ ।

चार दिनको संघर्ष विराम अनुसार चार दिनमा ५० बन्धकलाई रिहाई गरिएपछि पनि अनुमानित थप १ सय ९० जना प्यालेस्टिनी लडाकू समूह हमासको कब्जामा हुनेछन् । सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेष्टिनी कैदी अर्थात् कूल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने छ । गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौंदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेष्टिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएको जनाएको छ । संघर्ष विरामको पहिलो दिन हमासले १३ जना बन्धकलाई रिहा गरेको छ ।

मध्यस्थकर्ता देश कतारका अनुसार रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एकै परिवारका महिला र बालबालिका रहेका छन् । हमासले सीमापार आक्रमणका क्रममा आफ्नो समूहले बन्धक बनाएका करिब २ सय ४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ । बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका छन् । जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए । अक्टोबर ७ मा भएको आक्रमणमा इजरायलतर्फ करिब एक हजार २ सय जनाको मृत्यु भएको जनाएको छ। दुई पक्षबीचको अस्थायी संघर्ष विरामले मध्यपूर्वी क्षेत्रमा दीर्घकालीन रुपमा शान्ति स्थापनाका लागि महत्पूर्ण सहयोग पुग्ने मध्यस्तकर्ता देशहरुको अपेक्षा छ ।