समाचार

बीवाईडी नेपाल बन्यो ललितपुर सिटी फुटबल क्लबको मोबिलिटी पार्टनर


काठमाडौँ — बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल सुपर लिग सिजन–२ मा ललितपुर सिटी फुटबल क्लबसगँ सहकार्य गर्ने भएको छ । यस सिजनमा क्लवको मोबिलिटी पार्टनरको रुपमा बीवाईडी हुने सम्झैता भएको हो। ९ ओटा फ्रेन्चाइज टोली रहेको नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ । यो सम्झौताले नवीन ऊर्जा, मोबिलिटी, दिगोपन र विविधतामा छुट्टै आयाम आउने विश्वास लिइएको छ।

खेलको माध्यमबाटबाट दीर्घकालीन स्थिरताका लागि ठुलो योगदान हुन सक्ने साइमेक्स र बीवाईडीको विश्वास भएको बताइएको छ । ललितपुर सिटी क्लबको जर्सिमा बीवाईडीको लोगो राखिने छ, जसलाई अटोमोटिभ इनोभेसन र एथलेटिकको प्रतिकको रुपमा लिइएको छ। बीवाईडीले यस अघि पनि २०२१ मा सम्पन्न नेपाल सुपर लिगमा क्लवसगँ सहकार्य गरेको थियो । ललितपुर सिटी क्लबसगँको सहकार्य नवीकरण गर्न पाउँदा आफुहरु उत्सुक भएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले बताए ।

उनले सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्टसँग देखाउने कुरामा ढुक्क भएको बताए । यो सहकार्यबाट उत्साहित भएको बताउदै ललितपुर सिटी फुटबल क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले यसबाट दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोग पुग्ने बताए ।