राजनीति

प्रधानमन्त्री दाहाल र कतारका विदेशबीच शिष्टाचार भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्रीसुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आउनुभएका अल–मुखैरीले आज प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ ।

साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।