काठमाडौं । सरकारले दुर्गा प्रसाईंमाथि लगाएको अघोषित नजरबन्दको विरोध जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सरकारलाई सच्चिन आग्रह गरेका छन् ।
धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने बताउँदै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् सरकारलाई सच्चिन आग्रह गरेका हुन्। ‘राष्ट्र बचाऔं’ महाअभियानका साथ बिहीबारदेखि आन्दोलनमा रहेका मेडिकल व्यावसायी प्रसाईंलाई सरकारले आज ‘नजरबन्द’मा राखेको छ । अहिले भक्तपुरस्थित उनको घर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ । घरबाट बाहिर निस्किएर उनलाई गिरफ्तार गर्ने तयारीमा सरकार लागिपरेको हो।
साथै तिनकुनेमा भेला भएका सर्मथक लगायत सर्वसाधरणमाथि प्रहरीले धरपकड गरेको छ । खाजा पसलमा बसेका तथा हिडडुल गरेका सर्वसाधरणमाथि प्रहरीले खानतलासी मात्र नभइ पक्राउ समेत गरेको छ ।


प्रतिक्रिया