Breaking

तीनकुनेको डर राजावादीले बोल्न समेत पाएनन्, सरकारले आन्दोलन चर्काउन बाध्य पार्यो (भिडियो )


मिङमा शेर्पा , काठमाडौ – दुर्गा प्रसाईंको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।

आज काठमाडौँ तीनकुनेमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेकाहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उदेश्यले आन्दोलन गर्न लागेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । उनिहरुले आफुहरुलाई स्वतन्त्र रुपमा हिड्न र बोल्ल नदिएको गुनासो गरेका छन् । उता जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ ।