Breaking

नेताको भिडन्तले नाम्लो बोक्नेको बिचल्ली, बेलुका खाने पिठो छैन


काठमाडौँ — विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट भ्रातृसंगठन युवासंघ नेपालको प्रर्दशनले विहीवार काठमाडौ दिनभर जसो नारा, जुलुसमय बन्यो । प्रसाईं समूहले काठमाडौंको बल्खु र युवासंघले तिनकुने क्षेत्रमा प्रदर्शन ग¥यो । बल्खुमा प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकले संयमता गुमाउँदा बेलाबेला प्रहरीसँग झडपको स्थितिसमेत बनेको थियो । दुई पक्षले प्रदर्शनमा उत्रिँदा मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु भने मर्कामा परे ।

बिहीार एमालेको भ्रातृसंगठन युवासंघले तिनकुने कब्जा गर्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकले बल्खु क्षेत्रलाई रणभूमि मै परिणत गरे । बल्खुमा भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहोर सहित प्रर्दशनकारीमाथी बल नै प्रयोग गर्नुपर्ने परिस्थिति बनेको थियो । संधै सवारी साधन र सर्वसाधरणको भीडले अस्तव्यस्त हुने काठमाडौका अन्य क्षेत्र भने आज सुनसान रह्यो ।

सार्वजनिक विदा होस् या शनिवारको दिनसमेत सवारी साधनको चाप हुने मुख्य सडक क्षेत्र मात्र नभई भित्रि सडकसमेत आज सुनसान थियो । काठमाडौका सडकमा न्यून सवारी साधन मात्र गुडेका थिए । जनप्रर्दशन र जुलुसका कारण सडकमा गुड्ने निजी सवारी साधन मात्र नभई सार्वजनिक सवारी साधन समेत पातलो थिए । सञ्चालनमा आएका सार्वजनिक सवारीमा यात्रुको संख्या निक्कै न्यून देखिन्थ्यो । तेल खर्चसमेत उठाउन नसकेको सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको गुनासो थियो । दिनभरी गुड्दा नियमित कमाईको आधा पनि नउठेको भन्दै उनीहरुले तेल हाल्ने खर्चसमेत जुटाउन मुस्किल भएको बताए ।

प्रर्दशनका कारण हुने सास्तीलाई मध्यनजर गर्दै धेरै सर्वसाधरण घरैबाट नै निस्किएन्न् । निस्किएकाहरु भने नियमित सडक डाइर्भट गरिँदा विचल्लीमा परेका थिए । सार्वजनिक सवारी साधन कमी हुँदा गन्तव्यमा पुग्न पर्ने सर्वसाधरण सास्ती बेहोर्न बाध्य भए । नियमित समयमा छिन छिनमा गाडी पाउने स्थानमा घण्टौ कुर्दा पनि गाडी पाउन मुस्किल थियो ।

सडक विद्रोह यो पहिलो होइन र अन्तिम पनि । पटक–पटक यस्ता विरोध प्रर्दशन हुँदै आएका छन् । राजनीतिक स्वार्थमा सडक कब्जा हुँदा त्यसको मारमा सर्वसाधरण पर्दै आएका छन् । तुलनात्मक रुपमा विगत भन्दा यो पटक सडक केही व्यवस्थित देखिन्थ्यो । सडकमा निर्वाध रुपमा सवारी साधन गुड्न पाएका थिए । तर समस्या सवारी साधन नै कम गुड्दा सर्वसाधरण यो पटक पनि सास्ती खेप्न बाध्य भए ।