Breaking

सुन तस्करी छानबिन आयोगमा चारजना थप


काठमाडौँ – सरकारले सुन तस्करी प्रकरणको छानबिनका गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

थपिएकाहरूको नाम भने उनले खुलाइनन् ।