काठमाडौ – काठमाडौँँको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ ।
अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया