Breaking

अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह


काठमाडौँ – ट्राफिक प्रहरीले आज काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको हो ।

काठमाडौंमा आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवगमनमा असहज हुन सक्ने सूचनामा उल्लेख छ ।

“।।।अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,” सूचनामा उल्लेख छ ।

ट्राफिक प्रहरीले आज सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्ट’ गर्न सक्ने भन्दै सहयोग गर्न अनुरोध गरेको छ ।