Breaking

मंसिर ७ गते अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध


काठमाडौँ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेका छन् । मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ ।

बिहीबार एकै दिन दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्न लागेका हुन् । सम्भावित असहज स्थितलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ । ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ ।